आयोजक रोलिङ क्लब फाइनलमा प्रवेश

0
25

मेचीनगर ।

आयोजक क्लब धुलावारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको फाइनलमा प्रवेश गरेको छ । बुधवार धुलाबारी नुमना माविको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा पाहुना टोली सम्राट स्पोटिङ क्लब विराटनगरमाथि ३/१ गोल अन्तरको सहज जित निकाल्दै रोलिङले फाइनलको यात्रा तय गरेको हो ।

खेलको १५ औँ मिनेटमा रोलिङ क्लबका रोहन कार्कीले पहिलो गोल गर्दै खेललाई अग्रता दिएका थिए । त्यस्तै, ३२ औँ मिनेटमा सम्राट स्पोटिङले पाएको पेनाल्टीलाई दोर्जे तामाङले सदुपयोग गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । रोलिङ क्लबका गोल रक्षक अभिशेक बरालले विपक्षी खेलाडीलाई पेनाल्टी एरियामा फाउल गरेपछि सम्राटले पेनाल्टी प्राप्त गरेको थियो ।

यसैगरी खेलको ३६ अभिशेक गुरुङले गोल गर्दै २ / १ को अग्रता दिलाएका थिए । अनन्त तामाङको प्रहार विपक्षी डिफेन्सले क्लियर गर्न नसक्दा अभिशेकले मौकाको सदुपयोग गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ५३ औँ मिनेटमा भुवन बस्नेतले गोलरक्षकलाई बिट गर्दै गरेको प्रहारलाई गोललाइनबाट प्रसान्त लक्समले क्लियर गरेका थिए ।

यसैगरी खेलको ५९ औँ मिनेटमा आयोजक रोलिङले पाएको पेनाल्टीलाई उत्सव राइले जाली चुमाउँदै खेललाई ३÷१ को अग्रता दिलाएका थिए । पेनाल्टी एरियामा सम्राटका अशोक खवासले उत्सवलाई फाउल गरेपछि पेनाल्टी प्राप्त गरेको थियो ।

खेलको ६२ औँ मिनेटमा सम्राटका दोर्जे तामाङले निकालेको क्रस पासलाई भुवन बस्नेतले जाली चुमाउन नसक्दा अग्रता घटाउनबाट चुकेको थियो । अधिकांश राष्ट्रिय खेलाडी मैदान उतारेको रोलिङले शनिवार हुने फाइनल खेलमा बिहिवारको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

खेलको प्लेयर अफ द म्याच रोलिङका प्रकाश लक्सम घोषित भए । उनले नगद पाँच हजार र ट्रफी पाए । उनलाई मेचीनगरपालिकाका सामाजिक विकास अधिकृत अनन्त प्रकाश वस्ती, क्लबका पूर्व अध्यक्ष महेन्द्र लिम्बू, मेचीनगर ९ का वडा अध्यक्ष कन्चन तामाङलगायतले नगद तथा ट्रफी प्रदान गरे । भोलि हुने अन्तिम समिफाइनल खेल पाहुना टोली मानेभन्ज्याङ फुटबल क्लब दार्जेलिङ र रेड हर्स इलामबीच हुने आयोजक रोलिङ क्लबका सचिव महेश खड्काले जानकारी दिए ।

प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते हुनेछ । प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले नगद एक लाख ५० हजार, ट्रफी र मेडल पाउने अध्यक्ष नोबेम्बर नेम्वाङले बताए । प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउँदा विधागत पुरस्कार नगद १५ हजार रुपैयाँ पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here