अहिलेको सरकार जनता प्रति उत्तरदायी नभएको नालायक हो : माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

0
20

योगेन्द्र योगी
बिराटनगर,

अहिले केपी शर्मा ओली नेतृत्वको सरकार जनता प्रति उत्तरदायी नभएको नालायक सरकार भएको नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठले टिप्पणी गरेका छन्।

मोरङको सुन्दरहरैचा नगरपालिका ८ स्थित सलकपुरको मुख्य चोकमा वाइसियल मोरङ र नेकपा माओवादी केन्द्र, नगर कमिटी सुन्दरहरैचाले आयोजना गरेको वाइसियलको कार्यालय उद्घाटन तथा पाटी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री श्रेष्ठले यो सरकारले भ्रष्टाचारीहरुलाई संरक्षण गर्ने र जनजीविकाको सवालमा केहि काम नगरेकाले कुनै समिक्ष गर्न नसकिने बताए।

‘यो सरकारले भ्रष्टाचारीहरुलाई संरक्षण गर्ने बाहेक केहि काम गरेको छैन,उनले भने,’ हामीले पहिल्यै भनेका थियौ यो सरकार भ्रष्टाचारीहरुलाई जोगाउन र थप भ्रष्टाचारी गर्न बनेको हो भनेर अहिले त्यो पुष्टी भयो।’ त्यति बेला हामीले भ्रष्टाचार विरोधी अभियान चलाउदा ठूला पाटीका नेता तथा ब्यापारीहरुले सुत्ने नपाईने भयो भन्ने गरेको उल्लेख गर्दै उनले जो स्वच हुनुहुन्छ मजाले सुत्नुहोस जो भ्रष्टाचारी छ उसलाई कारबाहीको लागि तयारी हुनुहोस् भनेका थिए।

अहिले आफूहरुको संघर्ष यो सरकार ढालेर अर्को सरकार बनाउने नभएको बताउदै सरकारले जनताका मुद्धाहरुमा उपेक्षा गरिरहेको छ त्यसको लागि जस्तो सुकै कदम चाल्न पनि माओबादी केन्द्र तयार रहेको बताए। अहिले सरकारले अध्यादेश ल्याएर साना पाटी फुटाउने तयारी गरिरहेको र पाँच पाटीहरुले बालुवाटारमा गएर ज्ञापन पत्र बुझाएको र त्यो बुझाउने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै अध्यादेश ल्याउने तयारी नभएको बताए पनि बाहिर हल्ला आएको र त्यो ल्याएर पाटी फुटाए भण्डाफोर गर्ने चेतावनी दिए।

एकअर्को प्रसङ्गमा कुरा गर्दै उनले यसअघि पुष्पकमल कमल दाहालले नेतृत्वको गरेको सरकारले भ्रष्टाचारीलाई कारबाही सुरु गरेपछि त्यो कांगेस र एमालेसम्म आइपुग्ने डरले सरकार ढालेको ठोकुवा समेत गरे। कार्यक्रमका विशिष्ट अतिथि तथा माओबादी केन्द्र कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेलले कम्युनिष्ट दलहरूको एकताको आधार तयार हुँदैगएकाले २०८४ मा माओबादी केन्द्र २०६४ सालमा जस्तो ठूलो पाटी हुने बताए।

आफू कोशी प्रदेशका इन्चार्ज भएर आएपनि ठूलो संख्यामा माओबादी केन्द्र प्रवेश गर्ने लहर चलेको बताउदै ०८४ मा हुने निर्वाचनमा कोशीमा ठूलो सिट जित्ने दाबी गरे। कार्यक्रममा अन्य नेताहरुले पनि आफ्नो भनाइ राखेका थिए।

कार्यक्रमा सुन्दरहरैचा ५ फोक्लेणड टापुको एउटा टोल विकास सस्थामा रहेका नेपाली कांग्रेसका स्थानीय नेता बज्रमणी राई सहित ४० जनाको जम्बो टोली माओबादी केन्द्र प्रवेश गरेको छ। यसैगरी, मोरङका अन्य पालिकाका गरी १०० जनाभन्दा बढी बुधबार माओबढी केन्द्र प्रवेश गरेको माओबढी केन्द्र सुन्दरहरैंचाका अध्यक्ष दुश्यन्त भट्टराईले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here