नवोदयको २६ औं वार्षिक सभा

0
21

कमल ।

नवोदय बहुउद्देश्यीय सहकारी संस्था लि.को २६ औं वार्षिक साधारणसभामा अन्तर्गत आज ईकाईगत साधारण सभा सम्पन्न भएको छ ।

कमल गाउँपालिका ३ केर्खामा मुख्य कार्यालय रहेको सहकारीले आफ्ना ११ वटा सेवाकेन्द्रमा गत कात्तिक २ गते देखि ईकाइगत साधारण सभा शुरु गरेको थियो ।

सहकारीले आज मुख्य कार्यालय अन्तर्गगत केर्खामा सम्पन्न साधारण सभामा संचारकर्मीका साथै १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई दीर्घसेवा सम्मान द्वारा पुरस्कृत गर्दै ईकाईगत साधारण सभा सम्पन्न गरेको हो ।

आगामी कात्तिक १२ मुख्य कार्यलायमा अन्ति साधारण सभा माईन्युट प्रमाणीकरण गरी २६ औं वार्षिक साधारणसभामा सम्पन्न हुने सस्थाका अनुगमन निरीक्षण विभागिय प्रमुख उमेशाचन्द्र पोखरेलले जानकारी दिनु भयो ।

यसरी सम्मानितहुनेमा हिमशिखर टेलिभिजनका संचारकर्मी ममता भट्टराई तथा दीर्घसेवा सम्मान द्वारा सम्मानित हुने कर्मचारीमा संस्थाका व्यवस्थापक रबिन सुब्बा, सुरुङ्गा सेवाकेन्द्रका सेवाकेन्द्र प्रमुख गजेन्द्र शेर्मा र उर्लावारी पाठशाला सेवा केन्द्रमा कार्यरत वरिष्ठ फिल्ड सहायक डुकुला गुरागाई लाई पुरस्कृत गरिएको थियो ।

त्यस्तै सस्थाले साधारण सभाको अवसरमा जेष्ठ नागरीक,उत्कृष्ट केन्द्र, उत्कृष्ट बचत कर्ता, उत्कृष्ट ऋणी लगायतका विधा अन्तर्गत ९० जाना भन्दा बढी सदस्यलाई सम्मान तथा पुरस्कृत गरिएको सस्थाले जनाएको छ ।

सस्था उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष बलराज गजुरेलको अध्यक्षतामा सम्पन्न साधारण सभामा कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, सहकारी विभाग प्रमुख भरत तिवारी ३ नम्वर वडा अध्यक्ष अग्नि प्रसाद कोईराला लगाइतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम सस्थाका व्यवस्थापक रबिन सुब्बाले सञ्चलान गर्नु भएको थियो भने उपाध्यक्ष उमानाथ भण्डारीले शाब्दीक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।
संस्थाको नियमित कार्यक्रम अन्तर्गत साधारणसभाका अवसरमा रत्तसंचार सेवा दमक शाखाको प्रविधिक सहयोगमा रत्तदान कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here