याक्थुङ स्टार सिजन २ को मुन्धुमी राउण्ड सिक्किममा हुने

0
8

कमल ।

याक्थुङ स्टार सिजन २ को मुन्धुमी राउण्ड सिक्किममा हुने भएको छ ।

अमर कृती म्युजिक प्रा.लिको आयोजनामा सञ्चालन भइरहेको याक्थुङ स्टार सिजन २ को मुन्धुमी राउण्ड कात्तिक ११ गते (अक्टोवर २७ तारिक) भारतको सिक्किम राज्य स्थित गेजिङ सामुदायीक हलमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

“याक्थुंङ भाषा याक्थुंङ लिपी याक्थुंङहरुको सान,मौलिकता र अस्तित्व बचाउने याक्थुंङ स्टारको अभियान”भन्ने नाराका साथ सिक्किममा सञ्चालनमा हुने याक्थुङ स्टार सिजन २ को मुन्धुमी राउण्डमा प्रमुख अतिथी सिक्किम सरकारका पर्यटकिय नागरिक उडान वाणिज्य र उद्योग विभागीय मन्त्री टिटी भोटियाका साथै विभिन्न संघ सस्थाका प्रतिनिधीहरु समेतको उपस्थितीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकर सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुने कलाकारहरुमा प्रतिमा फियाक लिम्बू, कर्मिला आङ्गदेम्बे, राधा लावती, रविना आङ्गदेम्बे, विजेता सुनुवार, रविन लिम्बू, विनाृद लिम्बु, संजिव लिम्बु, निर लिम्बु, सामयाङ्ग लिम्बु, साहिल लिम्बु र लक्षण लिम्बू बीच प्रतिपष्र्धा हुने आयोजक सस्था अमर कृती म्युजिक प्रालिका अध्यक्ष तथा कार्यक्रममा सिईओ मनिकुमार लिम्बूले (ब्रोसिस) जानकारी दिए ।

याक्थुङ स्टार सिजन २ को निर्णायकमा सञ्चमान ताम्लिङ लिम्बू , सुनिता साम्यक लिम्बू र प्रमोद मावो छन् भने सिक्किमका हुने कार्यक्रमामा अतिथी निर्णायकमा याक्थुङ स्टार सिजन २ का अन्तराष्ट्रिय अभियान्ता तिलहाङ लिम्बूका साथै सुकवीर लिम्बू, भिममाया सावदेन र डम्बर राई रहने कार्यक्रमका सिईओे ब्रोसिस लिम्बूले बताए ।

ब्रोसिस सिक्किम सरकारद्वारा सम्मानित हुँदै

अमर कृती म्युजिक प्रा.लिका अध्यक्ष तथा याक्थुङ स्टार सिजन २ सिईओ मनिकुमार लिम्बू (ब्रोसिस) लाई सिक्किम सरकारले अभिन्नदन गर्ने भएको छ ।

याक्थुङ मौलिकता बचाउ अभियानका अभियान्ता सहेत रहेका लिम्बूलाई सिक्किम सरकारका पर्यटकिय नागरिक उडान वाणिज्य र उद्योग विभागीय मन्त्री टिटी भोटियाले अभिन्नदन पत्र द्वारा सम्मान गर्ने अमर कृती म्युजिक प्रालिले जनाएको छ ।

२०८१ कात्तिक ११ गते ( अक्टोवर २७ तारिक २०२४) का दिन सिक्किम राज्य स्थित गेजिङ सामुदायीक हलमा सञ्चालन हुने याक्थुङ स्टार सिजन २ को मुन्धुमी राउण्डको अवसर पारेर लिम्बूलाई सम्मान गर्न लागिएको आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here