साउदीमा रोजगारदाता सम्पर्कविहीन १६ नेपाली कामदार अलपत्र

0
35

योगेन्द्र योगी,
विराटनगर ।

साउदी अरबमा रोजगारदाता कम्पनीका प्रमुख सम्पर्कविहीन भएपछि १६ नेपाली कामदार अलपत्र परेका छन्।

विभिन्न समयमा रोजगारीका लागि साउदी पुगेर त्यहाँको अब्देल वाहब कम्पनीमा कार्यरत रहेका उनीहरु कम्पनीका प्रमुख सम्पर्कविहीन भएपछि अलपत्र परेको झापाली समाज साउदीले जनाएको छ।

समाजका अनुसार रियादमा कार्यरत रहेका १६ जना नेपाली दाजुभाईहरू विगत लामो समयदेखि कम्पनीले अकमा पनि नलगाइदिएको र पछिल्लो समय कम्पनी नचल्ने भएर अब तलव पनि दिन नसक्ने भनेर अचानक पूर्व जानकारी नदिई कम्पनीको‌ प्रमुख व्यक्ति सम्पर्कविहीन भएर उनीहरुलाई अलपत्र अवस्थामा छाडेको जनाएको छ।

उनीहरुलाई रोजगारदाता कम्पनीले अलपत्र छाडेको जानकारी पाएपछि झापाली समाज साउदीले केहि खाद्यन सहयोग गरेको छ। समाजको तर्फबाट सचिव राजेन्द्र ढुंगेल ,कलाकार संयोजक सुजन घिमिरे र सदस्य गोपाल आर्चय सहितको टोली गएर समितिको निर्णय बमोजिम अत्यावश्यक खाद्यान्न सामग्रीहरू हस्तान्तरण गरिएको जनाएको छ।

पिडितको सहयोगमा झापाली समाजले विगत दिनमा पनि सहयोग गर्दै आएको र आगामी दिनमा पनि गरिरहने प्रतिबद्धता समेत व्यक्त गरेको छ। पछिल्लो रोजगारदाता कम्पनीहरुले अकमा नबनाइदिने करार बमोजिम तलब सुबिधा नदिने प्रवृती बडदै गएको छ जसले गर्दा विदेशमा श्रम गर्न त्यहाँ नेपाली दाजुभाई बाहिर हिडडुल गर्न, आफूले कमाएको धेरथोर पैसा घर परिवारलाई पठाउन बन्चित हुनु पर्ने ,प्रहरीले पक्राउ गरी जरिवाना गराउने लगायत धेरै समस्यहरुबाट पिडीत हुनुपरेको छ।

साथै यस्ता घटनाहरुलाई कम गर्न नेपाली दूतावासले साउदी अरबमा रहेका सम्पूर्ण नेपाली दाजुभाईलाई कम्पनीने आफूले पाउने सुबिधाबाट बन्चित गरेमा तुरुन्त श्रमिक अदालतमा उजुरी गरी कानुनी बाटो समाती आफ्नो अधिकार लिन अनुरोध गरेको छ।

यसका लागि दूतावास तथा साउदीमा भएको नेपाली समाजका अगुवाहरुले साथ सहयोग गर्ने जनाएको छ । कफिलले एक्जिट/रिइन्ट्रि भिषा दिएर नपठाएमा कामदार स्वदेश फर्कने अवस्था हुदैन । अलेखवद्ध कामदारलाई कुनै मुद्धा मामिला नभए र स्पोन्सरले हरूब लगाएको भए डिपोर्टेशन सेन्टर/सफरजेलबाट एक्जिट भिषा जारी गरी स्वदेश फर्कन सकिन्छ ।

पछिल्लो समय साउदी पुगेर हजारौ नेपाली कामदारहरुले नेपालमा गरिएको सम्झौता अनुसारको तलव नपाउने र पाएपनि समयमा नपाउदा कम्पनी छाडेर गैरकानुनी तरिकाले काम गर्ने क्रम बढेको छ। यसरी गैरकानुनी तरिकाले काम गर्दा त्यहाँको प्रहरीले पक्राउ गर्ने र केहि समय जेल बसेर मात्र नेपाल फर्किन पाउने व्यवस्था छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here