बिर्तामोडमा पैनीमा डुबेर एक वृद्धाको मृत्यु

0
137

बिर्तामोड,

झापाको बिर्तामोडमा पैनीमा डुबेर एक वृद्धाको मृत्यु भएको छ ।

आज दिउँसो अन्दाजी १ बजे बिर्तामोड नगरपालिका– ६ बुट्टावारिका अन्दाजी ७८ वर्षीया इन्द्रमाया राईको घरनजिकै पैनीमा डुबेर मृत्यु भएको हो ।

डुबिरहेको अवस्थामा उनकै नातिनी मनिषा राईले देखेर उपचारको लागि बिर्तामोडस्थित मनमोहन अस्पतालमा ल्याई डाक्टरले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो ।

मृतकको शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here