झापा, झापाको भद्रपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । भद्रपुर ५ स्थित देवी बस्तीका ३६ वर्षीय शम्भू सहनीको सिटी सफारीको व्याट्री चार्ज गनृे क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
आफ्नै घरमा सिटी सफारी चार्ज गर्ने क्रममा सहनीलाई करेन्ट लागेको र उनकी श्रीमती विङ्की सहनीले देखे लगत्तै ओम साई पाथीभरा अस्पताल उपचारका लागि लगेकी थिइन् । उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।