साहित्य चौतारीद्वारा धरावासी दम्पतीलाई अभिनन्दन,  सल्लाहकार भट्टराईको कृति विमोचन

0
38

बिर्तामोड। साहित्य चौतारी बिर्तामोड झापा नेपालको आयोजनामा  स्रष्टा अभिनन्दन,कृति विमोचन, तिहार, नेपाल सम्वत् ,छठ लगायत पर्वको शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ। संस्थाको स्वर्ण वर्षलक्षित कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम गरिएको हो ।
संस्थाका प्रमुख संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता तथा मानर्थ सल्लाहकार तथा अभिनन्दित अग्रज साहित्यकार  कोमलप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक सहसंरक्षक तथा महासचिव गौरव श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए। 
कार्यक्रममा संस्थाका  संस्थापक सल्लाहकार, दीर्घ साहित्यसेवी गौरवमयी मदन पुरस्कार बिजेता  कृष्ण धरावासीलाई अभिनन्दन गरिएको थियो । सल्लाहकार संयोजक राजेन्द्र संग्रौलाले बाचन गरेको अभिनन्दन पत्र
कार्यक्रममा प्रमुख संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठ,संस्थापक संरक्षक तथा बरिष्ठ उपाध्यक्ष उर्मिला बिमली श्रेष्ठ, प्रमुख अतिथि पोखरेललगायतले  धरावासीपत्नी कवि मञ्जु बिमलीसहित धरावासीलाई टीका, माला र अभिनन्दन पत्र प्रदान गरेका थिए। कार्यक्रममा साहित्यकार गणेश निरौलाले धरावासीको परिचय प्रस्तुत गरेका थिए।


सोही कार्यक्रममा संस्थाका सल्लाहकार अभिनन्दित साहित्यकार हरिनारायण भट्टराईको दोस्रो कृति संरमरण एक समिक्षा अनेकको बिमोचन गरिएको थियो । कृतिको विमोचन प्रमुख संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठ,संस्थापक संरक्षक तथा बरिष्ठ उपाध्यक्ष उर्मिला बिमली श्रेष्ठ, प्रमुख अतिथि पोखरेल , अभिनन्दित स्रष्टा धरावासी, मञ्जु बिमली, साहित्यकार पुण्यप्रसाद खरेल, अन्तर्राष्ट्रिय अतिथि, अभिनन्दित  मानर्थ सल्लाहकार जीवन अधिकारी, मुक्ति बराल उपाध्याय लगायतले  गरेका थिए। कृतिकार भट्टराईको परिचय  पूर्व शिक्षक तोयानाथ काफ्लेले गरेको कार्यक्रममा कृतिको समिक्षा साहित्यकार चूडामणि बशिष्ठले गरेका थिए।
कार्यक्रममा  अभिनन्दित स्रष्टा  कृष्ण धरावासी र मञ्जु बिमलीले साहित्य चौतारीले  गरेको अभिनन्दन ऐतिहासिक  र आफूहरूले पाएको मध्ये सबैभन्दा ठूलो भएको बताए  । उनले साहित्य चौतारीलाई स्वर्ण बर्ष मनाउन शुभकामना दिए  । अन्तर्राष्ट्रिय अभिनन्दित स्रष्टा मुक्ति बराल उपाध्याय, प्राज्ञ सुभद्रा भट्टराई, पूर्व प्रधानाध्यापक बद्रीप्रसाद ओलीलगायतले  साहित्य चौतारीले सरकारले समेत गर्न नसकेको कार्य गरेको भन्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा साहित्यकार मीना अधिकारीलगायतले रचना बाचन गरेका थिए।
कार्यक्रममा गत वालदिवसमा आयोजित बाल गायन प्रतियोगिताका बिजेता  आलिया अधिकारी, प्रितिमा ढुङ्गेललाई पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा तिहार, ११६ औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती, नेपाल सम्वत् ११४५,छठ लगायत पर्वको शुभकामना आदानप्रदानसहित   देउसी गीतको छायाङ्कन गरिएको थियो ।
कार्यक्रममा संस्था परिवार, अन्तर्राष्ट्रिय पाहुना, साहित्यकार, प्राध्यापक, शिक्षक, पत्रकारलगायतको सहभागिता रहेको थियो ।
कृतिकार भट्टराईले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा अध्यक्ष श्रेष्ठले साहित्य चौतारीको आयोजनामा आगामी कात्तिक १७ गते शनिवार गोबर्धन पूजाको दिन २५औं दक्षिणारहित सामुहिक सडक देउसी खेलिने भएकाले उक्त कार्यक्रममा सहभागी हुन सबैलाई निमन्त्रणा गरे ।
तीलरुपा भट्टराई प्रकाशक रहेको संरमरण एक समिक्षा अनेक कृतिमा  एक संस्मरणसहित २० वटा समिक्षा रहेको प्राध्यापक चक्रपाणी भट्टराईले बताए। कार्यक्रमको सञ्चालन संस्थाका सचिव तुलसीप्रसाद निरौलाले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here