कन्काई माविमा पीटीए गठन

0
61

सुरुङ्गा।

शुक्रबार सम्पन्न अभिभावक भेलाबाट नमुनाउन्मुख कन्काई माध्यमिक विद्यालय सुरुङ्गा झापाको शिक्षक अभिभावक सङ्घ (पीटीए ) को कार्यसमिति गठन गरिएको छ ।

समिति निर्विरोध चयन भएको हो । कनकाई नगरकै अग्रणी महिला, सामाजिक कार्यकर्ता खगमाया चापागाईं (सङ्ग्रौला) अध्यक्ष पदमा चयन भएकी हुन् । यस अघि उनी सदस्य पदमा थिइन् । चापागाईं कन्काई माविको इतिहासमा पीटीएमा पहिलो महिला अध्यक्षको बन्न सफल भएकी छन् ।

२ वर्षे कार्यकालका लागि गठित समितिको सदस्यमा दीपेन्द्रप्रसाद पराजुली (राजन), मुना मैनाली गौतम, सुजन के.सी. काफ्ले, विन्दुराज दाहाल, कोपिला श्रेष्ठ, मन्दिरा सुवेदी, भक्तबहादुर खड्का र टीकाराम चिमरिया तथा पदेन सदस्यका रूपमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रप्रसाद प्रसाईं र प्रधानाध्यापक कर्णबहादुर डाँगी छनोट भएका छन् ।

विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पीटीएको महत्त्वपूर्ण भूमिका हुने गर्छ । अभिभावक भेला सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालका केन्द्रीय सदस्य एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाईंको अध्यक्षता र कनकाई नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख राजकुमार ओडारीको प्रमुख आतिथ्यमा भएको थियोे ।

भेलामा पीटीए अध्यक्ष रमेश शेर्पा (दावा) ले आफ्नो कार्यकालमा विद्यालयको समग्र विकासका लागि खेलेको भूमिकासम्बन्धि चर्चा गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्यहरू क्रान्ति सुवेदी, टीका अधिकारी, मेनुका शिवाकोटी, दिलिप घतानी, गोविन्द सुवेदी, सल्लाहकार रवीन्द्र लम्साल, पूर्व प्रअ गोपीकृष्ण भट्टराई, नेपाल शिक्षक महासङ्घ कनकाई नगर अध्यक्ष चन्द्रप्रसाद पोखरेल, पूर्व शिक्षक प्रतिनिधि बल्लभकुमार गौतम, विव्यस पूर्व सदस्य कवि प्रसाईं लगायतको उपस्थिति रहेको थियोे ।

शिक्षक प्रतिनिधि दिलिपकुमार खतिवडाको स्वागत मन्तव्य रहेको कार्यक्रम सहायक प्रधानाध्यापक हरिप्रसाद तिम्सिनाले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here