होटल डिलाइटले खेलाउँदै छ फुटबल

0
9

सुरुङ्गा।

झापाको कनकाई—३,सुरुङ्गास्थित कनकाई माविको खेल मैदानमा प्रथम वडास्तरीय दशैं तिहार कप फुटबल प्रतियोगिता सञ्चालन भएको छ ।

सुरुङ्गास्थित होटल डिलाइटको आयोजना एवं हाल अमेरीका बस्दै आएका खेलप्रेमी स्थानीय युवा आशिष संग्रौला, अमेरीकास्थित नेप्लीज मिल्ट्री भेट्रान्स क्लव र दारी क्लव युएसएको मुख्य प्रायोजनमा प्रतियोगिता संचालन भएको हो । कनकाई वडा नं. ३ र वडा नं.७ बीच भएको प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. ३ ले जित हासिल गरेको छ ।

डा नंं.३ ले वडा नंं.७ लाई ३—१ गोल अन्तरले पराजित गरेको हो । बिजयी टिम ३ नम्बरका लागि खेलको पहिलो हाफमा सबै गोल सम्भव भएको हो ।जसमा खेलको १९ मिनेटमा रोहन कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । क्रमिक रुपले खेलको २१ मिनेटमा अरुण श्रेष्ठले र २४ मिनेटमा क्षितिज कुवँरले गोल गरेका थिए । यता वडानम्बर ७ का खेलाडी अमुल्य लिम्बुले भने खेलको ३१ औ मिनेटमा गोल गरेपनि टिमको हारलाई भने टार्न सकेनन् ।

कनकाई ३ दोस्रो हाफमा एक खेलाडीले दोहोरो एलो कार्ड खाँदै मैदान बाहिरीदा कनकाई ३ का १० खेलाडीमा सिमित हुन पुगेको थियो । तर वडा नं. ७ ले यसको फाइदा उठाउन भने सकेनन् । खेलको म्यान अफ द म्याच बिजयी टिमका खेलाडी क्षितिज कुँवर घोषित भए ।

उनलाई आयोजक संस्था होटल डिलाइटका संचालक ख्याम ओली, मुख्य प्रायोजक आशिस संग्रौला लगायतले नगद १५ सय सहित पुरस्कृत गरे । उनी भारतीय टिम राजस्थान रोयल्सबाट व्यावसायिक फुटबल समेत खेलिरहेका छन् । विजेता बनेको कनकाई वडा नं.३ राष्ट्रिय खेलाडी रोहन कार्कीसहित खेल मैदानमा उत्रिएको थियो ।

प्रतियोगिताको उदघाटन झापा क्षेत्र नं. ४ का सङ्घीय सांसद एलपी साँवा लिम्बुले गरेका थिए । साँवाले विदेशमा रहेर पनि खेल क्षेत्रको विकासका लागि यहाँका सचेत युवाले पहल गरेको भन्दै प्रशंसा गरे ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कार्यक्रम संयोजक दिपेन ओलीले यस क्षेत्रका खेलप्रेमी जनताको भावनालाई मर्न नदिन फुटबल खेलको आयोजना गरिएको बताए । कार्तिक १४ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगिताको बिजेताले नगद ७१ हजार, पदक र प्रमाण पत्र साथै दोस्रो हुने टिमले नगद ३५ हजार, पदक र प्रमाण पत्र प्राप्त गर्नेछ ।

प्रतियोगितामा कनकाई नगरपालिकाको ९ वटा वडाको ९ टिम र कनकाई भेट्रान्सको एक टिम गरी जम्मा १० वटा टिमको सहभागिता रहेको बताइएको छ । कनकाई माविको खेल मैदानमा संचालन भएको प्रतियोगिताको उद्घाटन खेल अघि कनकाई नगर क्षेत्रका पत्रकारहरुको संस्था कनकाई सुरुङ्गा प्रेस क्लव र कनकाई भेट्रान्स वीच भएको मैत्रीपूर्ण खेलमा कनकाई भेट्रान्स विजयी बनेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here