कुकुरले सुँघ्ने क्रममा नियन्त्रित औषधीसहित यसरी परे मगर प्रहरीको फन्दामा

0
219

योगेन्द्र योगी
बिराटनगर,

सुनसरीको धरान उप-महानगरपालिका-१७ स्थितमा कुकुरले सुँघ्ने क्रममा नियन्त्रित औषधी सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको “सुरक्षा सुनिश्चितता अभियान” अन्तरगत चाड पर्व लक्षित सुरक्षा योजना अनुसार परिचालन भएको प्रहरी कुकुर सहितको चेकिङ टोलीले यात्रुहरुको सुरक्षालाई समेत मध्यनजर गरी चेकजाँचको क्रममा धरानबाट उदयपुर जादै गरेको को. १ख ५४४० नम्बरको बसमा सवार रहेका उदयुर त्रियुगा नगरपालिका-१० का २५ बर्षीय  संजय राना मगरलाई  नियन्त्रित औषधी ट्रामानिल ६०० क्याप्सुल र स्पारेष्ट ६०० चक्की सहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालका अनुसार लागुऔषध ओसार पसार, बिष्फोटक पदार्थ तथा अन्य अपराधिक गतिबिधि नियन्त्रणको लागि तालिम प्राप्त कुकुर सहितको प्रहरीले टोलीद्वारा संकित ब्यक्तिहरु तथा सवारी साधनहरुलाई कडाईका साथ चेकजाँच गरिदै आएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here