माईजोगमाईमा पालिका स्तरीय बाल सञ्जाल गठन

0
177

माईजोगमाई ।

माईजोगमाई गाउँपालिकामा गाउँपालिका स्तरीय बाल सञ्जाल गठन भएको छ ।

माईजोगमाई गाउँपालिका बालमैत्री स्थानिय शासन समिति अध्यक्ष तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको अध्यक्षता तथा बालमैत्री स्थानिय शासन समिति उपाध्यक्ष तथा माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको बिशेष आतिथ्यमा कार्यक्रम भएको थियाो ।

माईजोगमाई गाउँपालिकाका ६ वटै वडामा रहेको माध्यमिक बिद्यालयहरुमा गठित ९ वटा बाल क्लवका पदाधिकारीहरु , उक्त बाल क्लवका संरक्षक शिक्षकहरुको उपस्थितिमा पालिका स्तरीय बाल सन्जाल गठन भएको हो ।

नव गठित समितिको अध्यक्षमा सन्ध्य विश्वकर्मा , उपाध्यक्षमा प्रिजा राई , सचिवमा बसन्त ढुङ्गेल , सह(सचिवमा गुराँस थेवे , कोषाध्यक्षमा प्रश्ना कार्की , सदस्यहरुमा समिक्षा बजगाई , युना भण्डारी , साक्षर चापागाई , अनुषा देवान , सुस्मिता बास्तोला चयन भएका छन् ।

उक्त बाल क्लवहरुलाई माईजोगमाई गाउँपालिककाबाट खेल सामाग्री समेत वितरण गरिएको थियो । नवगठित समितिलाई माईजोगमाई गाउँपालिका अध्यक्ष थेवे र उपाध्यक्ष राईले बधाई तथा शुभकामना दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here