झापा, भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बुद्धशान्ति गाउँपालिका–२ का अध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध मुद्धा दायर भएको छ । वडा अध्यक्ष ओलीविरुद्ध ८० हजार रुपैयाँ भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार जग्गा पास तथा लेनदेन सिफारिससम्बन्धी कार्यका लागि सेवाग्राहीसँग ८० हजार रुपियाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।
वडाध्यक्ष ओली विरुद्ध ८० हजार रुपियाँ बिगो कायम गरी सजाय हुने मागदावी लिई सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको प्रवक्ता घिमिरेले बताए ।