झापा, निर्जला हितैसी महिला समूहको आयोजना र मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा बिर्तामोड २ चारपानेमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
आरोग्य योग तथा प्रकृतिक चिकित्सा केन्द्रमा आयोजना गरिएको शिविरमा चार सय जनाले आँखा जाँच गराएका थिए । जसमध्ये २० जनाको आँखामा मोतीया विन्दू देखिएकाले निःशुल्क शल्यक्रियाका लागि मेची आँखा अस्पताल पठाइएको निर्जला हितैसी महिला समूहकी अध्यक्ष उर्मिला ढकाल पोखरेलले जानकारी दिइन् । शिविरिमा दुई वर्षदेखि ९२ वर्षसम्मका मानिसको निःशुल्क आँखा परीक्षण गरिएको थियो ।
शिविरमा मेची आँखा अस्पतालका तर्फ बाट आएका चिकित्सक निरज दाहालको नेतृत्वमा आएको टोलीले आँखा जाँच गरेको थियो । टोलीमा दीपा अधिकारी, प्रमिला पौडेल, अनिषा बराल, निष्मा भारती, कपिल राजवंशी सहभागी थिए । बिर्तामोड २ का वडाध्यक्ष किशोर कुमार पौडेलको प्रमुख आतिथ्य तथा संस्थाकी अध्यक्ष उर्मिला ढकाल पोखरेल सभापतित्वमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा आरोग्य योग तथा प्रकृतिक चिकित्सा केन्द्रका सञ्चालक डा. राधेश्याम पोखरेल, ज्येष्ठ नागरिक पदम कुमारी ढकाल, सरस्वती नेपाल, शारदा भट्टराई, कौशिला खतिवडाको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संस्थाकी सचिव चन्द्रकला भेटवाल ढकालले स्वागत गरेको कार्यक्रमको संचालन संस्थाकी सदस्य कुशुम उप्रेतीले गरेकी थिइन् ।
कार्यक्रममा आयोजक संस्थाका सल्लाहकार, संस्थापक अध्यक्ष, निर्देशक लगायत सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।