विराट भेट्रान्सलाई हराउँदै उर्लाबारी भेट्रान्स फाइनलमा प्रवेश

0
29

पथरीशनिश्चरे,

मोरङको पथरी शनिश्चरेमा जारी प्रथम वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आजको पहिलो सेमिफाइनलमा उर्लाबारी भेट्रान्सले विराट भेट्रान्स विराट चोकलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

उर्लाबारी भेट्रान्सले विराट भेट्रान्सलाई १ का विरुद्ध ४ गोल गर्दै फाइनलको यात्रा तय गरेको हो। खेल सुभारम्भ भएको २ मिनेटमै उर्लाबारी भेट्रान्सका खेम पोखरेलले आफ्नो टिमका लागि १ गोल गर्दै खाता खोले भने उनैले २६ औँ मिनेटमा अर्को गोल थाप्दै आफ्नो टिमलाई २-० गोलको अन्तरमा अग्रता दिलाए। उता, दुई मिनेटमा नबित्तिकै विपक्षी टिम- विराट भेट्रान्सका सुरज प्रधानले विपक्षी गोलकिपरलाई झुक्काएर प्रहार गरेको बलले जाली चुम्दै ‘निल’ हुनबाट जोगाएका थिए ।

दोस्रो हाफपछि सोहि खेलको ४६ औँ मिनेटमा विपक्षी विराट भेट्रान्स विरुद्ध पुन: अर्को गोल गर्दै उर्लावारी भेट्रान्सका खेम पोख्रेल “ह्याट्रिक” गर्न सफल भए भने सोही टिमका सन्तोष राईले ५८ औं मिनेटमा अर्को गोल थपी आफ्नो टिमको गोल स्कोरलाई ४-१ गोल अन्तरमा पुर्याउन योगदान गरेका थिए । आजको विजयी उर्लाबारी भेट्रान्स टिमले पर्सी १४ गते बुधवार हुने फाइनल खेलमा भोलिको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

आजको खेलको “भेट्रान्स अफ दि म्याच” उर्लाबारी भेट्रान्सका खेम पोखरेल घोषित भए। उनलाई सामाजिक व्यक्तित्व तथा अभियान्ता प्रदिप कुमार राई र आयोजक पथरी शनिश्चरे भेट्रान्स फुटबल क्लबका अध्यक्ष टिकाराम राईको हातबाट नगदसहित मेडल प्रदान गरिएको थियो।

भोलिको दोस्रो सेमिफाइनल खेल आयोजक पथरी शनिश्चरे भेट्रान्स भर्सेज सतिसाले भेट्रान्स केराबारी बीच हुने आयोजकले जनाएको छ। “स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ पथरी शनिश्चरे भेट्रान्स फुटबल क्लबले सो प्रतियोगिता आयोजना गरिएको पथरी शनिश्चरे भेट्रान्स एफसीका सचिव जोन सुब्बाले बताउनुभयो।

प्रतियोगिताका अवसरमा अखिल नेपाल फुटबल संघका मोरङ अध्यक्ष सन्जीव बुढाथोकी, पथरी शनिश्चरे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुरारी प्रसाद आचार्य, पथरी शनिश्चरे नगरपालिकाका खेलकुद विकास समितिका संयोजक दीपक राई लगायत अतिथिहरूको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here