बिर्तामोड ।
दमकमा पटका पड्काउने क्रममा एक बालक गम्भीर घाइते भएका छन् ।
दमक नगरपालिका–६ का ६ वर्षीय बिद्यम अग्रवाल पटका पड्काउनेक्रममा गम्भीर घाइते भएका हुन् ।
पटकाले उनको अनुहारमा गम्भीर चोट लागेको र तत्काल उपचारका लागि लाइफलाइन अस्पताल दमकमा पु¥याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतको शिलगुढीतर्फ रेफर गरिएको जनाइएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
उनले प्रतिबन्धित विस्फोटक पदार्थ खरिदबिक्री तथा पड्काउन प्रतिबन्ध गरिएको जनाएका छन् । कसैले पटकाजन्य वस्तु बिक्रीवितरण गरिरहेको थाहा पाएमा तत्काल प्रहरीमा खबर गर्न अनुरोध समेत गरेका छन् ।