विराटनगर ।
सुनसरीको धरान उप–महानगरपालिका–२ भानु चोकबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
वडा प्रहरी कार्यालय धरानबाट खटीएको प्रहरी टोलीले बा ८० प १२२३ नम्बरको मोटरसाईकलमा सवार मोरङ केराबारी गाउँपालिका–५ का १८ बर्षीय आकाश लिम्बूको साथबाट तीन सय ४० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो ।
उता अस्थाई प्रहरी पोष्ठ कोठु उदयपुरबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका–८ हात्तिसुडेबाट २५ किलो गाँजा बरामद गरेको छ ।
प्रतिबन्धित लागूऔषध र पक्राउ परेकाको सम्बन्धमा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।