झापा ।
मलद्वारभित्र ब्राउन सुगर लुकाएर ल्याउने झापा शिवसताक्षीका छविलाल गुरुङ पक्राउ परेका छन् ।
काँकरभिट्टाको पुरानो मेची पुलमा भारतको पानीट्यांकीबाट सिटी सफारीमा चढेर काँकरभिट्टातर्फ आउँदै गरेका शिवसताक्षी –८ बस्ने ३८ वर्षीय गुरुङलाई शङ्कास्पद अवस्थामा फेला पारी प्रहरीले तलासी लिँदा मलद्वारभित्र लुकाएर ल्याएको प्लास्टिकसहित ३ ग्राम ९०० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।
उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।