बैंकिङ कसुर मुद्धामा एक महिला पक्राउ

0
47

झापा ।

बैंकिङ कसुर मुद्धामा फरार रहेकी झापाको अर्जुनधारा नगरपालिका– ६ दासपुलकी ५८ वर्षीया मुना श्रेष्ठ पक्राउ परेकी छन् ।

उनकै घरबाट श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नाउव उपरीषक कृष्णकुमार चन्दले जानकारी दिए ।

बैंकिङ कसुर मुद्धामा श्रेष्ठलाई उच्च अदालत पाटनको २०७३ जेठ २७ गतेको फैसलाले १ दिन कैद र २ लाख२० हजार जरिवाना र सोही अदालतको २०७९ साउन २३ गतेको फैसलाले १८ दिन कैद र ५ लाख जरिवाना तोकेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here