छठ पूजा र यसको महत्त्व

0
114

आजित कुमार ठाकुर,

छठ पूजा नेपालको तराई–मधेश, भारतको बिहार, झारखण्ड र उत्तरप्रदेश क्षेत्रमा मनाइने प्रमुख पर्व हो। बढ्दो शहरीकरण र संस्कृतिकोआदान प्रदानले गर्दा अहिले यो पर्व नेपालका प्रायःसबै जसो शहरहरूमा धूमधामका साथ मनाइन्छ।

नेपालका शहरहरू मात्र नभएर, आजकल छठ पूजाअमेरिका, अस्ट्रेलियालगायत विदेशी प्रमुखशहरहरूमा पनि मनाइन्छ ।विशेषगरी सन्तान प्राप्ति र परिवारमा आरोग्य प्राप्तिको लागि गरिने यो पर्व हाम्रो समाजमा एकता र भाइचारा प्रकट गर्ने माध्यम बनिरहेको छ । हरेक समुदायले यसपर्वलाई विशेष महत्त्वका साथ मनाउने गरेकाछन्।

छठपूजाको सुरुवात र यसको इतिहास

छठपूजाको सुरुवात कहिलेदेखि भयो भन्ने कुराअस्पष्टछ। तथापि, किंवदन्ती अनुसार छठ पूजा वैदिककालदेखि नै मनाइँदै आएकोअनुमान गर्नसकिन्छ।छठ पूजामा सूर्यदेव, उनकी पत्नी उषा र माता शक्तिको पूजा गरिन्छ। इतिहासमा छठ पूजासँग जोडिएका निम्नलिखित कथाहरू पाइन्छन्–
रामायणकोकथाः
मर्यादा पुरुषोत्तम रामले सीतासहित १४ वर्षको वनवाससकेर अयोध्या फर्किएपछि कार्तिक शुक्लपक्षको षष्ठी तिथिमा सूर्यदेवलाई अर्घ्यअर्पणगरीधन–धान्यको समृद्धिको लागि पूजागरेका थिए । यही समयदेखि सूर्यपूजालाई छठपूजाको रूपमा मनाउन थालिएकोमानिन्छ।

 महाभारतकोकथाः महाभारतमा सूर्य पुत्र कर्णले दैनिक सूर्यको पूजा गर्थे र यही पूजाबाट प्राप्त शक्तिले उनी शक्तिशाली र अजेय बनेकाथिए।यसले पनि सूर्यको पूजा शक्ति दायक र आरोग्य प्रदायक हुने विश्वास दिलाउँछ। त्यस्तै, पाण्डवहरू पनि कौरवहरूको अत्याचारबाट प्रताडित भई वनमा बसेको बेला द्रौपदीले छठको उपासना गरेकी थिइन्। पछि पाण्डवहरूले आफ्नो राज्य र सन्तानको प्राप्ति गरेका थिए भन्ने कथा सुन्न पाइन्छ।
छठपूजामाकसकोपूजागरिन्छ

छठ पूजामा छठीमाता (पार्वती माताको छैठौंरूप) को पूजा गरिन्छ र ऊर्जा मुख्यस्रोत सूर्यलाई अर्घ्यदिइन्छ।छठपूजासँग सम्बन्धित कथामा राजा प्रियम्व्रत सन्तानन हुनाले अत्यन्त दुःखी थिए। त्यस समयमा कश्यपमुनिको सल्लाह अनुसार उनले पुत्र प्राप्तिका लागि यज्ञ गरे यज्ञपश्चात उनकी पत्नीले पुत्र जन्माइन्तर दुर्भाग्यवश बालकमृत अवस्थामा जन्मिए। त्यस बेला राजाले छठी माताको उपासना गरेर देवीले मृतबालकलाई पुनर्जन्म दिइन्।यसरी छठ पूजाको महत्त्व विशेषगरी सन्तान प्राप्तिसँग सम्बन्धित मानिन्छ।

सनातन धर्ममा सजीवदेखि निर्जीववस्तुहरू जसबाट प्राणीले लाभलिन्छ, सबैकोपूजागरिन्छ। सूर्य, जसलाई सम्पूर्णग्रह–उपग्रहहरूको मुख्यस्रोत मानिन्छ र जुन ब्रह्माण्डका लागि ऊर्जास्रोत हो, उसको विशेष पूजा छठपर्वमा गरिन्छ, जसले गर्दा हिन्दूधर्मावलम्बीहरूमा यसको विशेष महत्त्वछ।

छठ पूजामाअस्ताउँदैगरेको सूर्यलाई अर्घ्यदिई पूजागरिन्छ र बिहान उदाउँदो सूर्यलाई पनिअर्घ्यदिई पूजागरिन्छ। यसले हामीलाई सिकाउन खोजेको कुरा भनेको, जो व्यक्तिले दुःख पाइरहेकोछ, जो सहारानपाई अस्ताउँदै गएकोछ, उसलाई साथ र सहयोग दिएर उचित स्थान दिनुपर्दछ।एक दिन उनी पुनःचम्किएर उदाउँछन्र सबैलाई ऊर्जा प्रदान गर्न सक्षम हुन्छन्। त्यसैले समाजमा सहयोगको भावना कहिल्यैअस्ताउनुहुँदैन।यसले अर्को शिक्षा पनि दिन्छ कि ऊर्जास्रोतको रूपमा रहेका सूर्य पनि सधैं यो रूपमा रहन सक्दैनन्। कुनै समय उनीमा पनि कमी हुन सक्छ र उनलाई पनि अरूको सहयोग आवश्यक पर्नसक्छ ।

त्यसैले कुनै पनि व्यक्ति शक्तिशाली भएको बेलाआफ्नो शक्तिको घमण्ड गर्नुहुँदैन, किन भने त्यो शक्ति सधैंका लागि रहन सक्दैन।सुख र दुःख दुबै चक्रका रूपमा आउँछन्र जान्छन्। हरेक दुःखी व्यक्तिले धैर्य गरेर समस्या सामना गर्यो भने, जस्तै अस्ताउँ दैगरेको सूर्य अर्को दिन उदाउँछ, मानिस पनि निश्चित समयमा पुनःऊर्जाशील भएर उदाउनसक्छ। छठपर्वले मानव समाजलाई यही सन्देशदिनखोजेको जस्तोलाग्छ।
छठ पूजाविधि
छठ पूजा कार्तिक शुक्लपक्षको षष्ठी तिथि देखि सुरु हुन्छ । यो चार दिन लामो पर्व हो, जसमा पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन साँझ अर्घ्य, र चौथो दिन बिहानअर्घ्यदिने गरिन्छ। यस पर्वमा सूर्य देव र छठी मैयाको पूजा गर्दै उपवास बस्नेर अर्घ्यचढाउने परम्पराछ।

पहिलो दिन–नहाय(खायः व्रती (पर्व मनाउने व्यक्ति) शुद्धता र पवित्रताका साथ नहाय–खाय गर्छन्। यस दिन पवित्र नदीमा स्नान गरी शुद्ध भोजन (सात्त्विक भोजन, जसमा लसुन र प्याज हुँदैन) ग्रहणगरिन्छ। यस वर्ष यो दिन मंगलबार परेको छ।
दोस्रोदिन –खरनाः व्रतीले यस दिन निर्जल उपवास बस्छन्र सूर्यास्तपछि खरनाको प्रसाद (गुडकोखिरररोटी) ग्रहण गर्छन्।यो प्रसाद अत्यन्तै शुद्धताका साथ तयार गरिन्छ। योवर्ष खरना बुधबार परेकोछ।
 तेस्रोदिन– साँझअर्घ्यः सूर्यास्तको समयमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ्यदिइन्छ। नदी, ताल, पोखरी आदिको किनारामा भेला भएर सूर्यलाई जल चढाइन्छ। अर्घको प्रसादमा विशेष गरी कसार (साठीको चामलको लड्डु), ठेकुवा (पिठो र सखरले बनेको गुलियो परिकार), उखु, नरिवल, अदुवा जस्ता प्रसाद अर्पण गर्ने चलनछ। कसारले चामलको सद्भाव सम्झाउन, ठेकुवाले मिठास अनि साथीको सम्मानको भाव प्रस्तुत गर्छ।साँझको अर्घलाई अर्कोदिनको लागि सुरक्षित राखिन्छ। यस वर्ष साँझ अर्घ्य बिहीबार परेकोछ।
 चौथोदिन – बिहानअर्घ्यः यस दिन सूर्योदयको समयमा उदाउँदो सूर्यलाई अर्घ्यदिइन्छ।कतिपय व्रतालुहरूले बिहान माटोको हात्ती राखेर त्यसको वरिपरि उखुराखी छठी मैयालाई उपहार चढाई आशीर्वाद माग्ने चलनछ। अर्घ्यदिएपछि व्रतीहरूले आफ्नो उपवास तोड्छन्।यो वर्षबिहानको अर्घ्य शुक्रबार परेकोछ।

सारांशमा
छठ पूजा सुख, समृद्धि, आरोग्य र सन्तान प्राप्तिका लागि सनातन धर्मावलम्बीहरूद्वारा मनाइने पर्वहो।यसले दुःखी रअ सहायलाई सहयोग गर्ने प्रेरणा दिने र सम्पूर्ण परिवारसँगै बसेर छठको उपासना गर्दा सारा वर्ष सुखमय हुने सन्देश पनि दिन्छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here