मोरङ ।
मोरङको रंगेली नगरपालिका–८ निचामारीमा पर्खालले किचेर नाबालिकाको मृत्यु भएको छ ।
कसरलाल ताजपुरियाका दुई बर्षीया छोरी शोभा ताजपुरियालाई आफ्नै घरमा ईटाले बनेको मन्दिरको पर्खाल अचानक झरेर किच्दा घाईते भएकी उनलाई उपचारको लागि रंगेली अस्पताल मोरङ पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीबाट कानूनी कारबाही भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।