ट्याक्टरबाट खसेर बालकको मृत्यु

0
33

केराबारी,

मोरङको केराबारीमा ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका बालकको अस्पताल पुर्याउनसाथ मृत्यु भएको छ ।

केराबारी गाउँपालिका–९ बेलचौरीमा शुक्रबार दिउँसो १२ बजेतिर निजको मृत्यु भएको हो । बेलचौरीबाट भलुवातर्फ जाँदै गरेको को २ त १६७ नम्बरको ट्याक्टरमै सवार केराबारी–६ का यमनाथ परियारका छोरा ६ वर्षीय युनिक परियार लडेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए ।

अचानक ट्याक्टरबाट खसेर ब्याट्रीमा टाउको ठोक्किएपछि गम्भीर घाइते भएका बालकलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको डीएपसी जोशीले जानकारी दिए ।

शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ । प्रहरीका अनुसार ट्याक्टर र चालक केराबारी–९ का १८ वर्षीय यमन परियारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here