चारआली।
पातन्जल योग समिति नेपालद्वारा मेचिनगरको काँकरभिट्टामा आजबाट आठ दिवशीय योग अभिमुखिकरण कार्यक्रम शुरुभएको छ।
पायोस नेपालका केन्द्रिय प्रशिक्षण बिभाग प्रमुख सुवर्णलाल चित्रकारको सहजीकरणमा सञ्चालित शिविरको उद्घाटन कोशी प्रदेशका खानेपानी मन्त्री एकराज कार्कीले गरेका थिए ।
पातन्जल कोशी प्रदेश समितिका अध्यक्ष जिपि तिवारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारे । मेचीनगर नगरपालिका उपप्रमुख मिना उप्रेती ,काग्रेस नेतृ बिना तामाङ लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा मेचीनगर प्रमुख गोपाल बुढाथोकी ,रबिन कोइराला ,पायोस नेपालकी केन्द्रिय सदस्य हेमन्ती गजुरेल, केन्द्रिय प्रशिक्षण विभागका सदस्य महेश लामिछाने ,पायोस नेपालका सगठन विभागका नवनियुक्त केन्द्रिय सदस्य टेकेन्द्र ढकाल लगायतको उपस्थिति रहेको थियो।
बुद्धशान्ति, दमक, बिर्तामोड, चारआलि, तेलिबारी, धुलाबारी साधना केन्द्रहरुबाट बाक्लो सहभागिता रहेको शिविरमा उत्साहजनक सहभागिता थियो।