त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम सुरु

0
34

काठमाडौँ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम शुक्रबार रातिदेखि सुरु भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले विमानस्थलको दक्षिण–पश्चिममा समानान्तर ‘ट्याक्सी वे’, उत्तरमा ‘अन्तर्राष्ट्रिय एप्रन’ र पूर्वमा ‘ह्याङ्गर एप्रन’ विस्तार गर्ने काम गरिरहेको जनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा उडानका लागि बन्द भएपछि करिब पाँच महिनासम्म काम चल्ने अनुमान गरिएको छ ।

कात्तिक २३ गतेदेखि हरेक दिन राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द रहनेछ । यसैबीच सरकारले अन्य दुई अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखराको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने कार्ययोजना अगाडि बढाएको छ ।

फ्लाई दुबई, जाजिरा, थाई एयर एसियालगायत केही अन्तर्राष्ट्रिय एयरलाइन्सले भैरहवाबाट नियमित उडान गर्ने घोषणा गरिसकेका छन् । सञ्चालनमा आएको लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान गर्न नसकेका दुवै विमानस्थल सञ्चालनका लागि सरकारले वायुसेवा कम्पनीलाई सहुलियतसहित आकर्षक प्याकेज घोषणा गरेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here