विराटनगर।
झापा र मोरङबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र निषेधित औषधीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट खटीएको प्रहरी टोलीले चेकजाँचको क्रममा झापाको कमल गाँउपालिका–५ पाडाजुगीबजारबाट कमल गाँउपालिका– ५ का २५ बर्षीय बिष्णु राजबंशीको साथबाट प्रतिवन्धित औषधी स्पाईसनेस–१०८ पिस, ट्रामाडोल– ८० पिस र एन्टिकफ– २४ पिस फेला पारी नियन्त्रणमा लिएको हो ।
उता अस्थाइ प्रहरी पोष्ट बलिया मोरङको टोलीले गोप्य सुचनाको आधारमा मोरङ सुन्दरहरैचा–४ का ४२ वर्षीय राजु राईलाई ब्राउन सुगर ४२ मिलिग्राम सहित पक्राउ गरेको हो ।
प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेको उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।