पूर्वप्रहरी सङ्गठन भद्रपुर नगर अध्यक्षमा अम्बिका पोखरेल

0
27

भद्रपुर ।

नेपाल पूर्व प्रहरी सङ्गठन भद्रपुर नगरको तीन वर्षे कार्यकालका लागि अम्बिका पोखरेलको अध्यक्षमा पन्ध्र सदस्य कार्य समिति सर्वसम्मत चयन गरिएको छ । सङ्गठनले शनिबार भद्रपुरमा आयोजना गरेको दोस्रो अधिवेशन तथा चौथो वार्षिक साधारण सभाले समिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा चन्द्र सुवेदी, उपाध्यक्षमा माया तामाङ भट्टराई, सचिवमा राजकुमार थापा, सहसचिवमा वालकृष्ण तिम्सिना, कोषाध्यक्षमा ललनप्रसाद यादव र सह कोषाध्यक्षमा कौशिला सिञ्जाली चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा शान्ति थेबे, केशवराज कटवाल, अभिकेशर चौलागाँई, राजु क्षेत्री, कृष्णकुमार प्रधान, सुधीर ठाकुर र बौद्धमान खड्का रहेका छन् । बाँकी एक जना सदस्य कार्यसमितिले मनोनयन गर्ने जनाएको छ ।

सभाले रुद्र चुडालको संयोजकमा पदमबहादुर अधिकारी, इन्द्र बहादुर बानियाँ, सोमहरी तिम्सिना र लक्ष्मी नेम्वाङ रहने गरी आर्थिक र डिगबहादुर बुढाथोकी संयोजक रहने गरी कानुनी परामर्श समिति चयन गरेको छ ।

त्यसैगरी, धनप्रसाद सिवाकोटीको संयोजकमा नारायणप्रसाद ढकाल, इन्द्रप्रसाद भट्टराई, भूपालमान कार्की र रमा चुँडाल अधिकारी सदस्य रहने गरी सल्लाहकार समिति चयन गरिएको निर्वाचन मण्डलका संयोजक डिगबहादुर बुढाथोकीले घोषणा गरेका थिए ।

ज्येष्ठ सदस्य अबिरबहादुर मुखियाको अध्यक्षतामा भएको बन्द सत्रले डिगबहादुर बुढाथोकीको संयोजकमा नारायणप्रसाद ढकाल र रमेश पराजुली सदस्य रहने गरी निर्वाचन मण्डल गठन गरिएको थियो । नवनिर्वाचित समिति तथा उपसमितिलाई संयोजक बुढाथोकीले शपथ ग्रहण गराएका थिए ।

नवनिर्वाचित अध्यक्ष पोखरेलले सवैको साथ र सहयोगको अपेक्षासहित स्वीकारोक्ति मन्तव्य राखेका थिए । नगर अध्यक्ष ढाकालाल अधिकारीको सभापतित्व एवम् जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्णकुमार चन्दको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साङ्गठनिक ,आर्थिक र राहत कोष प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा अबिरबहादुर मुखिया र सुनमाया थापालाई सङ्गठनको ज्येष्ठ सदस्य सम्मान साथै सङ्गठनमा आर्थिक सहयोग गरेबापत इन्द्रबहादुर बानियाँलाई दोसल्ला तथा प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

उपाध्यक्ष पदम अधिकारीले स्वागत तथा सचिव केदार बहादुर अधिकारीले सञ्चालन गरेको कार्यक्रममा जिल्ला अध्यक्ष अभिचन्द्र रिजाल, कानुनी सल्लाहकार संयोजक समरविक्रम राई, पूर्व जिल्ला अध्यक्ष खेमकुमार कार्की, मेचीनगर अध्यक्ष अमिन अलि शेक, कचनकवल अध्यक्ष देउमान बुढाथोकी, निवृत्त राष्ट्रसेवक भद्रपुर सचिव खड्गबहादुर बुढाथोकी, कानुनी सल्लाहकार सदस्य डिगबहादुर बुढाथोकी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here