महागुरु फाल्गुनन्द लिङदेनको जन्मजयन्तीमा विविध कार्यक्रम

0
33

अर्जुनधारा ।

किरात धर्म दर्शनदाता, समाज सुधारक एवम् १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको १४०औं जन्मजयन्तीको अवसरमा आइतबार झापाको अर्जुनधारा–३ कैदलेस्थित लिङदेन फाल्गुनन्द मिङसो माङहिममा विविध कार्यक्रम भएको छ ।

स्थानीय फाल्गुनन्द शान्ति वनवाटिका क्षेत्रमा रहेको माङहिममा सेवासाँवा(पुजारी)बाट माङसेवा, हाङसोक(धुनी कुण्ढ)मा चरु हवन, १०८ दीप प्रज्वलन, माङहिम परिसरमा ३ वटा माङनिसा र १०८ वटा धर्म निसा राखिएको माङहिम व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद इङनामले जानकारी दिए ।

त्यसैगरी जन्मजयन्तीलाई लक्षित गरि शनिबार माङहिम क्षेत्रमा रहेको फाल्गुनन्द पोखरी तटमा सामूहिकरुपमा पूजाअर्चना गरि गालीसराप बगाउने कार्य गरिएको थियो । त्यस्तै खुदुनाबारी–दानाबारी सडक खण्डको अर्जुनधारा–३स्थित खुदुनाबारी चौकमा रहेको महागुरु फाल्गुनन्द लिङदेनको शालिक परिसरमा साँझ दीप प्रज्वलन, शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गर्ने समितिका अध्यक्ष इङनामले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here