रत्नबहादुर बस्नेत,
बिर्तामोड ।
झापाको बिर्तामोड -१० सैनिकबजारस्थित किरातेश्वर माङहिम(मन्दिर) मा महागुरु फाल्गुनन्द जयन्ती विविध कार्यक्रमसहित मनाइएको छ।
किरात धर्मका गुरु १६ अौ राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्द लिङदेनको १४० अौ जन्मजयन्तीको अवसरमा पूजाआजासहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो।
किरातेश्वर माङहीम समितिका अध्यक्ष ओदराज बेघाको अध्यक्षता तथा बिर्तामोड नपा-१०का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कोषाध्यक्ष रीता लिम्बूले स्वागत गरेकी थिइन।
कार्यक्रममा किरातेश्वर माङहीम मन्दिर समितिका सल्लाहकार तथा संस्थापक अध्यक्ष रिमानध्वज लोक्तामले अौचित्यसहित किरात धर्म तथा फाल्गुनन्दको परिचय प्रस्तुुत गरेको कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष गुरुङ, आदिवासीजनजाति महासंघ पाँचथर जिल्ला अध्यक्ष सागर केरुङ , किरात याकथुङ्ग चुम्लुङ बिर्तामोड नगर अध्यक्ष हिमालयप्रकाश कन्दङवा, कियाचु जिल्ला कार्यसमितिका सचिव भीममाया नेम्वाङ कन्दङवालगायतले किरात धर्म तथा सामाजिक चेतना जागृत गराउन महागुरु फाल्गुनन्दलृे पुर्याउनुु भएको योगदानबारे चर्चा गरेका थिए।
कार्यक्रममा किरातेश्वर माङहिम मन्दिरका सहयोगदाता तथा पूर्व समितिका पदाधिकारीलाई खादा तथा कदरपत्रले सम्मान गरिएको थियोे। यसरी सम्मानित हुनेहरुमा किरातेश्वर माङहिमका पूर्व प्रमुख गुरु देउमल नेम्वाङ, जग्गादाता स्व. कहरसिंह लोक्ताम(मृत्युु पर्यन्त) मन्दिर निर्माणदाता नरध्वज थेगिम(परिवार) भण्डार कक्ष निर्माणदाता चामबहादुर जबेगू, मन्दिरका सल्लाहकार संयोजक तथा संस्थापक अध्यक्ष रिमानध्वज लोक्ताम, दाता डम्बरबहादुर तुुम्रोक, सस्थापक सचिव मोतीबहादुर जबेगू,दाताहरु सहुकुमार बेघा, केशब लिभाङ, पूर्व सेवासाबा शेरबहादुर बेघा, वडा कार्यालयका वडाध्यक्ष दुर्योधन गुरुङ तथा वडा सदस्य धनमाया श्रेष्ठलाई सम्मान गरिएको थियो।
यसअघि वार्षिक रुपमा आयोजना हुँदै आएको गालीश्राप बहन्ती एवम् , इष्टदेवदेवीको पूजाअर्चना प्रमुख गुरु साम्दाङ्गेन वारुम सावा तीलबहादुर सिगूको नेतृत्वमा सम्पन्न गरिएको थियो। जिल्लाका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन तथा अतिथिहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन मन्दिरका सल्लाहकार तथा पूर्व सचिव चामबहादुर जबेगूले गरेका थिए।