कर्मचारी सञ्चय कोषको सेवा केन्द्र उद्घाटन

0
31

झापा ।

कर्मचारी सञ्चय कोषले झापाको बिर्तामोमडा नयाँ सेवा केन्द्र बिस्तार गरेको छ ।

बिर्तामोडमा सेवा केन्द्र विस्तारसँगै साविकको मेची अञ्चलका सञ्चयकर्ता कोषको सेवा लिन विराटनगर धाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ भने काठमाडौं उपत्यका बाहिर रहेका सेवा प्रवाह गर्ने कार्यालयको संख्या आठ वटा शाखा कार्यालय र दुई वटा सेवा केन्द्र गरी १० पुगेको छ ।

पुल्चोक ललितपुर केन्द्रीय कार्यालय रहेको कोषले काठमाडौं उपत्यकामा ठमेल, सिंहदरबार र लगनखेलबाट आफ्ना सञ्चयकर्तालाई सेवा प्रवाह गर्र्दै आएको छ ।

सेवा केन्द्रको उद्घाटन कोषका प्रशासक सिए जितेन्द्र धितालले गर्नुभएको थियो । उक्त उद्घटान कार्यक्रमबीच प्रशासक धितालले कोष प्रविधिमार्फ अनलाइन कारोबारका लागि सञ्चयकताृको हातै पुगेको भएता पनि धितोमा आधारित कर्जा लगायत अन्य सेवा प्रवाह लागि कोषलाई स्थानीयस्त्रमा पु¥याएको नै विचार गर्नुभयो । कोषको सेवालाई सधैँ सञ्चयकर्ता मैत्री बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।

कर्मचारी सञ्चयन कोष ऐन, २०१९ बमोजिम सञ्चयकोष व्यवस्थापनको मुख्य जिम्मेवारी पाएको कोषले निवृत्तभरण कोष ऐन, २०७५ बमोजिम २०७६ श्रावणपछि नियुक्त हुने कर्मचारीको योगदानमा आधारित निवृत्तभरणको व्यवस्थापन समेत गर्दै आएको छ ।

कोषले सञ्चयकर्ताको सेवाकालिन आवश्यकता पूरा गर्न विशेष सापटी, घर सापटी, घर मर्मत सापटी, शैक्षिक सापटी र सरल कर्जा प्रवाह गर्दै आएको छ भने सञ्चयकर्ताको सामाजिक सुरक्षालाई केन्द्रमा राखी सुत्केरी तथा शिशु स्याहार योजना, सञ्चयकर्ता स्वास्थ्य उपचार योजना, दुर्घटना क्षतिपूर्ति योजना र काजकिरिया अनुदान योजना सञ्चालन गर्दै आएको छ ।

उक्त उद्घाटन कार्यक्रममा कोषका का.मु् सह प्रशासक भरतराज वस्ती, सम्पत्ति व्यवस्थापन विभागका विभागीय प्मुख शान्ता गौतम, शाखा कार्यालयका विराटनगरका कार्यालय प्रमुख रामशरण अर्याल लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन सेवाकेन्द्र प्रमुख दिपेन्द्र सापकोटाले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here