‘फ्लाई ओभर’ निर्माणमा ढिलासुस्ती नगर्न मन्त्री दाहालको निर्देशन

0
24

काठमाण्डाै,

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभरको आज स्थलगत निरीक्षण गर्नुभएको छ । मन्त्रालयका उच्च अधिकारीसहित उहाँ निर्माणस्थलमा पुग्नुभएको हो ।

निरीक्षणपछि मन्त्री दाहालले फ्लाई ओभर निर्माणको कामलाई गति दिन निर्देशन दिनुभयो । त्यस क्रममा उहाँले पूर्वाधार तथा विकास आयोजना निर्माण कार्यमा हुने ढिलासुस्ती सह्य नहुने बताउनुभयो ।

काठमाण्डाैकाे शहरी तथा यातायात व्यवस्थापन गर्न महत्त्वपूर्ण हुने अपेक्षा राखिएको याे फ्लाई ओभर निर्माणको कार्यलाई गति दिएर समयमै सक्न मन्त्री दाहाले निर्देशन दिनुभयो । निरीक्षण टोलीमा मन्त्री दाहालसहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेललगायत रहनुभएको थियो ।

२०७८ साल फागुन १२ गतेदेखि निर्माण शुरू भएको फ्लाई ओभर आउँदाे पुस पहिलो हप्तासम्म निर्माण सम्पन्न गर्नुपर्ने छ । ३० मिटर स्पानको चार लेनको पुलसहितको फ्लाई ओभर निर्माणको काम आशिष–समानान्तर–रेलिगेर जेभी काठमाण्डाैले गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here