गैंडे सामुदायिक वनमा चुनाव :१३ पदाधिकारीका लागि २८ जनाको उम्मेदवारी

0
17

सेलिङ केसी,
माइधार।

गैंडे सामुदायिक वन उपभोक्ता समूह शिवसताक्षी–१० झापा र माई नपा–८ इलामको कार्यसमितिको लागि २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यही मंसीर ७ गते सम्पन्न हुने निर्वाचनमा अध्यक्षसहित पदाधिकारीमा १० जनाले मनोनयन दर्ता गराएका हुन् भने विभिन्न विभागीय सदस्यहरुमा १८ जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन समितिका संयोजक बालकृष्ण सिटौलाले जानकारी गराए अनुसार अध्यक्ष पदका लागि पूर्वअध्यक्ष समेत रहेका अमृतबहादुर कार्कीले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । उनी नेपाली कांग्रेस निकट हुन् भने नेकपा माओवादीसँग नेपाली कांग्रेसको समीकरण रहेको छ ।

त्यस्तै नेकपा एमालेकातर्पmबाट रामध्वज लावतीले अध्यक्ष पदका लागि उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । उनी निवर्तमान अध्यक्ष हुन् । त्यस्तै स्वतन्त्र प्यानलबाट सन्तोष लामाले अध्यक्ष पदका लागि उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । त्यस्तैगरी उपाध्यक्ष पदका लागि दीपेन्द्र संग्रौला (जनम), भानुप्रसाद उप्रेती र रवीन न्यौपानेले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

त्यस्तै सचिव पदका लागि कुमारी योङ्हाङ फागोले उम्मेदवारी मनोनयन दर्ता गरेकी छन्, उनी निवर्तमान सचिव हुन् । त्यस्तै सचिव पदकै लागि जानुका धिताल तिम्सिनाले पनि उम्मेदवारी मनोनयन दर्ता गरेकी छन् । त्यस्तै कोषाध्यक्ष पदका लागि टीका बाँस्कोटा र टीकामाया तुम्सा लिम्बूले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

त्यस्तै दलित महिला सदस्यतर्फ अस्मिता विश्वकर्मा, विन्दाकुमारी दर्जी, पिछडावर्ग महिला सदस्यतर्फ रिना कुर्मी, मञ्जु साह र आदिवासी जनजाति महिला सदस्यतर्फ कान्तिहाङ्मा सेलिङ लिम्बू र विष्णुमाया सिगूले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

त्यस्तै खुल्ला महिला सदस्यतर्फ मुना बराल, सम्झना अधिकारीले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । त्यसैगरी खुल्ला सदस्यतर्फ अम्बरबहादुर सेनेहाङ, राजकुमार यादव, भीमबहादुर योङ्या, रवीन राई, हेमन्त कार्की, अर्जुन चौहानले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । त्यसैगरी आरक्षण खुल्ला सदस्य ब्लक नं. १तर्फ बुद्धकुमार लिम्बू, ब्लक नं. ५बाट कमलप्रसाद तिम्सिना, ब्लक नं. १बाट कुमार राई ब्लक नं. ५बाट दलहाङ साँवा लिम्बू लगायतले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । तीन वर्षे कार्यकालका लागि २८औं साधारणसभा तथा १०औं अधिवेशन निर्वाचन प्रक्रियाबाट १३ जना सदस्य निर्वाचित हुनुपर्नेछ भने एक जना जनप्रतिनिधि पदेन सदस्य रहने विधानमा उल्लेख छ ।

निर्वाचन समितिमा ज्ञानुप्रसाद अधिकारी र पूजा ढकाल रेग्मी रहेका छन् । निर्वाचनका लागि नामावली प्रकाशन, मतदाता नामावलीमाथि दावी विरोध, अन्तिम मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दर्ता भएका उम्मेदवारको नामावली प्रकाशन, दावी विरोध कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

२७ गते छानबिनपछिको उम्मेदवारहरुको नामावली प्रकाशन, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन, चिन्ह वितरण, प्रचारप्रसार, मौन अवधिपछि मंसीर ७ गते बिहानबाट निर्वाचन शुरु हुनेछ । झापाको शिवसताक्षी र इलाममा सबैभन्दा बढी आयस्रोत भएको र चर्चामा आएको गैंडे सामुदायिक वन उपभोक्ता समूह भएकोले नै यहाँ कहिले पनि सर्वसम्मत पदाधिकारी निर्वाचित हुन सकेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here