वैदेशिक रोजगारी पीडा : अपाङ्ग भएर फर्किए, श्रीमतीले छाडिन्, अहिले घरको न घाटको

0
105

योगेन्द्र योगी
बिराटनगर,

मोरङ सुन्दरहरैचा १ खादमका बेदबहादुर भुजेल ४ बर्ष अगाडी घर परिवारलाई सुख सुविधामा राख्ने सपना बोकेर साउदी अरब पुगे । घरमा बुढी आमा,श्रीमती र बच्चा छाडेर बिदेसिएका भुजेल साउदी पुगेर एक गिट्टी कुट्ने कारखानामा काम गर्न थपे।

जसोतसो काम चल्दै थियो एक दिन अचानक मेसिन बन्द गर्ने क्रममा दुर्घटनामा परी गम्भीर घाइते भए। उनी नेपालबाट श्रमसम्झौता गरेर गएको कम्पनी छोडेर अन्यत्न काम गर्दैगर्दा दुर्घटनामा परेका थिए ।

दुर्घटनामा परी घाइते भएका उनलाई रियादमा रहेको फेमेली केयर अस्पताल भर्ना गरियो र तीन महिना अचेत अवस्थामा रहेका थिए । अस्पतालको लामो समयसम्मको निरन्तर उपचार र हेरचाह पश्चात उनको अबस्थामा उल्लेख्य सुधार आयो। त्यसपछि रियादस्थित नेपाली दूतावासको सेल्टरमा अढाई वर्ष जति बसे।

अस्पताल बसाई र उपचार खर्चको विल आठ लाख साउदी रियालभन्दा बढी आएको थियो । उनी गैरकानूनी हैसियतमा रहेर काम गरी रहेको अवस्थामा दुर्घटनामा पर्दा उपचारको क्रममा खर्च भएको अस्पतालको विल तिर्ने जिम्मा कमैले पनि लिएन ।

उपचार खर्चको बिल कसैले पनि तिर्न नमानेपछि अस्पतालले उनीविरुद्ध मुद्दा दायर गरी दूतावासको जिम्मा लगाएको थियो । साउदीमा रहेको कुनै पनि विदेशी नागरिक माथि कुनै केस लागेको छ भने उक्त केस फछयौंट नहुँदासम्म त्यस्ता व्यक्तिलाई साउदीबाट बाहिर जाने अनुमति हुँदैन ।

अस्पतालको विलमा निकै ठूलो रकम रहेको र उनी गैरकानूनी हैसियतमा भएको हुदा उक्त रकम कसैले पनि तिर्ने अवस्था नदेखिएपछि दूतावासले सुरुमा उनलाई साउदी पठाउने म्यानपावर र रोजगारदाता कम्पनीले विभिन्‍न चरणमा गरी २५/२५ हजार साउदी रियाल व्यहोरने गरी जम्मा पचास हजार रियाल दिने सहमति भयो । भुजेलको तर्फबाट एक जना साउदी कानून व्यवसायी रखी प्रतिरक्षाको सुरुवात गरिएको थियो । तर, दुई वर्षसम्म कुनै कानूनी प्राप्ति हुन सकेन ।

तर पनि दूतावासले उनलाई स्वदेश पठाउन सकिने अवस्था सिर्जना गर्न निरन्तर प्रयासरत गरिरह्यो । विल तिर्न नसकिने भएपछि अस्पताललाई नै भुजेलको केस फिर्ता लिन राजी पार्नु बाहेक अरु कुनै विकल्प थिएन् । दूतावासले अस्पताल व्यवस्थापनसँग निरन्तर सम्पर्कमा रही पटक पटक भेटवार्ता र पत्राचारमार्फत भुजेल बिरुद्धको मुद्धा फिर्ता लिई उनलाई नेपाल पठाउन सहयोग गरिदिन अनुरोध गरेको थियो ।

दूतावासको अथक प्रयासको परिणाम स्वरूप अस्पतालले गत दुई हप्ता अघि उनी विरुद्ध अदालतमा रहेको केस फिर्ता लियो र उपचारका क्रममा खर्च भएको ८ लाख २३ हजार साउदी रियाल नेपाली रुपैया २ करोड ५० लाख भन्दा बढी रकम मिनाहा गरी मुद्दा फिर्ता लिएको थियो ।

मुद्दा फिर्ता पछि फिर्तीका लागि आवश्य सम्पूर्ण खर्च गैरवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति साउदी व्यवस्था गरेपछि उनी नेपाल फर्किए। तर रित्तो हात फर्किएका उनी घर फर्किदा घरको न घाटको भए। घरमा बुढी आमा यस्तो अवस्थामा साथ दिनुपर्ने श्रीमतीले सम्बन्ध बिच्छेद गरी छोडेर गएपछि उनी विछिप्त देखिन्थे।

ह्वील चेयरको सहारामा लिएर मात्र घर वरिपरि हिँड्न सक्ने उनी भन्छन ‘मलाई यस्तो अवस्थामा छाडेर श्रीमतीले सम्बन्ध बिच्छेद गरेर गई अब म कसरी गरी खाने,घरमा बुढी आमा हुनुहुन्छ आमालाई हेर्नु पर्ने बेलामा म आफै यो अवस्थामा छु अपाङ्ग भएर एक्लै बस्दाको पीडा कसले बुझ्छ?’ छोराको यस्तो अवस्था आमा पनि चिन्तित छिन।

उनकी आमा लक्ष्मी छोराको यस्तो अवस्था देख्दा आफू मरेपछि यसलाई कसले हेर्छ भन्दै चिन्तित छिन्। स्थानीय सरकारसँग अपाङ्गता भएका व्यक्तिलाई दिने अपाङ्गता परिचय पत्र रातो कार्ड बनाउन धेरै पटक धाएपनि अझै पाउन नसक्दा उनको पिडा माथि झन् पिडा थपिएको छ। यस तर्फ बेलैमा स्थानीय सरकारको ध्यान जान जरुरी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here