लमजुङ र नुवाकोटका दुई युवा ब्राउन सुगरसहित मेची पुलबाट पक्राउ

0
29

झापा ।

लागूऔषध ओसार्ने देशकै मुख्य ट्रान्जिट पोइन्ट बनेको काँकरभिट्टाको मेची पुलबाट लमजुङ र नुवाकोटका दुई युवा पक्राउ परेका छन् ।

आज साँझ ६ बजे मेचीनगर ६ पुरानो मेची पुलमा लमजुङको साबिक जिता गाविस ३ घर भई, हाल तनहुँ व्यास नगरपालिका १० बस्ने २८ वर्षीय उत्सव पौडेल र नुवाकोट बेलकोटगढी नगरपालिका १३ घर भई हाल काठमाडौँ टोखा नगरपालिका ३ बस्ने ४० वर्षीय अर्जुनराज पाण्डे लागू औषधसहित पक्राउ परेका हुन् ।

भारतबाट सिटी सफारीमा नेपालतर्फ आउँदै गरेका पौडेललाई शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकसहित १० ग्राम ८३० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

ऊनीसँगै रहेका पाण्डेसमेतलाई नियन्त्रणमा लिई दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here