मर्दी हिमाल आरोहणका क्रममा बेपत्ता भएका पथप्रदर्शकको शव फेला

0
30

कास्की,

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा रहेको मर्दी हिमाल आरोहणका क्रममा लडेर बेपत्ता भएका पथप्रदर्शक लालबहादुर तामाङको शव भेटिएको छ ।

मर्दी आरोहणका लागि काठमाण्डौको सनराइज कम्पनीबाट एक विदेशी र सहयोगीका रूपमा गएका चार नेपाली यही कात्तिक २३ गते मर्दी आधार शिविरबाट हिँडेका थिए । यही क्रममा नुवाकोटका ६२ वर्षीय तामाङ कात्तिक २५ गते दिउँसो लडेर सम्पर्कविहीन हुनुभएको थियो ।

तामाङको खोजीका लागि गएको उद्धार टोलीले मर्दीको पाँच हजार तीन सय मिटर उचाइमा तामाङको शव फेला पारेर राति पुनः मर्दी आधार शिविर फर्किएको माछापुच्छ्रे–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here