अवैध बाटोबाट नेपाल प्रवेश गर्न खोज्ने दुई बङ्गलादेशी झापामा पक्राउ

0
44

झापा ।

भारतबाट नेपालतर्फ शङ्कास्पद रुपमा प्रवेश गर्न लागेका दुईजना बङ्गलादेशी पक्राउ परेका छन् ।

बुधबार दिउँसो २ बजे झापाको मेचीनगर नगरपालिका–७ स्थित गैरीगाउँ सीमा इलाकाको सानो सीमा स्तम्भ नं ९०–३ नजिक बङ्गलादेशीहरू २२ वर्षीय अब्दुल रहमान र २५ वर्षीय रियाद हुसेन पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट भिभो मोबाइल १ थान, सामसुङ मोबाइल १ थान, बङ्गलादेशी टाका १५०० र व्यक्तिगत सामानसहित २ वटा झोला बरामद भएको छ ।

बीओपी सतिघट्टाबाट खटिएको पिकेट ड्युटीले भारतबाट नेपालतर्फ शङ्कास्पद रुपमा प्रवेश गर्दै गरेको अवस्थामा चेकजाँच गर्दा कुनै पनि परिचयपत्र नभएको र आफ्नो स्थायी वतन बङ्गलादेश बताउने उनीहरूलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हे.क्वा. झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक महेशराज विष्टले बताए ।

उनले सामानसहित आवश्यक कारबाहीको लागि दुवै जनालाई अध्यागमन कार्यालय काँकरभिट्टामा बुझाइएको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here