जाडाे छल्नका लागि चितवनमा ४० वटाभन्दा धेरै प्रजातिका चरा भित्रिए

0
19

चितवन,

जाडो मौसम शुरू भएसँगै विभिन्न देशबाट जाडो छल्नका लागि चरा आउने क्रम शुरू भएको छ । चितवनका तीन वटा खोलामा कम्बोडिया, चीन, साइबेरिया, रुसलगायतका देशबाट चराहरू आएका हुन् ।

नेपाल पक्षीविद् सङ्घ बाग्मती प्रदेशका संयोजक वासु बिडारीका अनुसार अहिले राप्ती, नारायणी र रिउ खोलामा ४० वटाभन्दा बढी प्रजातिका चरा आएका छन् । उहाँले भन्नुभयो, ‘अहिले नदी किनारमा आगन्तुक चार देख्न थालिएको छ । योसँगै चराहरू हेर्नका लागि आउने पर्यटकसमेत आइरहेका छन् ।’

चखेवा, जलेवा, कालोगरुड, सुरसुरे हाँस, कमन क्रेन, खोया हाँसलगायतका चराहरू आएका संयाेजक बिडारीले बताउनुभयो । नेपालमा आउने पर्यटकमध्ये चार प्रतिशत पर्यटक चराहरू हेर्न आउने गरेका उहाँको भनाइ छ ।

विभिन्न देशमा जाडो बढेसँगै हिउँ पर्ने र नदीहरू हिउँले ढाकिने हुँदा आहाराको खोजीमा चराहरू आउने गरेका उहाँले जानकारी दिनुभयो । यो समयमा एक सय ५० देखि एक सय ६० प्रजातिका चार यहाँ आउने गरेका उहाँको भनाइ छ । अहिले आएका चराहरूले बच्चा कोरल्ने काम गर्दैनन् ।

गर्मी मौसम शुरू भएसँगै यी चराहरू फर्कने गर्दन् । तराईको कोशी टापुदेखि कर्णालीसम्म पानीमा आश्रित चराहरू नेपाल आउने गरेका नेपाल पक्षीविद् सङ्घ बाग्मती प्रदेशका संयोजक वासु बिडारीले जानकारी दिनुभयो । अहिले हाँस प्रजातिका चराहरू आइसकेको जनाउँदै उहाँले अन्य चराहरू पनि आउने क्रम जारी रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here