मुख्यमन्त्री कार्कीद्वारा चिल्ड्रेन पार्क निर्माण स्थालको निरीक्षण

0
20

कमल ।

झापको कमल गाउँपालिका ३ सानो केर्खामा निर्माण हुनलागेको चिल्ड्रेन पार्क निर्माण स्थालको आज कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीले निरीक्षण गरेका छन् ।

गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने चिल्ड्रेन पार्क निर्माण स्थाल १२ कठ्ठा क्षेत्रफलमा निर्माण हुन लनगेको हो । पार्क निर्माण स्थालको निरिक्षण पछि मुख्यमन्त्री कार्कीले शहरी विकास कार्यलय ईलामका प्रमुख मिलन आचार्यलाई स्थानिय बासीको सहकार्यमा डिपिआर गर्न निर्देशन समेत दिए ।

पार्कमा जानका लागि गत वर्ष पर्यटन कार्यलय विराटनगर बाट २५ लाख रुपैयाको लागतमा ५८ मिटर लम्वाई र साडे ३ मिटर चौडाईको सडकमा ब्लक लगाउने काम सम्पन्न भएको स्थानिय टिकाराम भण्डारीले बताए ।

पार्कमा स्वमिङ पुल, बच्चालाई खेल्ने विभिन्न प्रकारमा सामान, चमेना गृह, खुल्ला जिम खाना रहने गरीको प्रस्ताव पेस गरेको वडा अध्यक्ष अग्निप्रसाद कोईरालाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here