प्रथम शिवसताक्षी रन सम्पन्न

0
26

सुरुङ्गा ।

फेस नेपाल शिवसताक्षीको आयोजनामा प्रथम शिवसताक्षी रन प्रतियोगिता सम्पन्न भएको छ ।

५ सय ५० जनाको सहभागिता रहेको एथ्लेटिक्स अन्तर्गतको सो प्रतियोगितामा अण्डर फोर्टिन केटा र केटी तथा भेट्रान पुरुष र महिलाले ५ कि.मि.को दौड पुरा गरेका थिए भने खुल्ला पुरुष र महिलाले १० किमिको दूरी दौडेका थिए ।

दौड शिवसताक्षी नगरपालिका–१० मा रहेको कनकाई नदीको पुलबाट शुरु भई सतासीधाममा समापन भएको थियो । अण्डर–१४ केटातर्फ लाक्पा सेर्पा प्रथम, अश्विन श्रेष्ठ द्वितीय, रोहन माझी तृतीय, मनकुमार लिम्बु र प्रवीण यादव सान्त्वना स्थान ल्याउन सफल भएका थिए । त्यसै गरी, अण्डर–१४ केटीतर्फ जुही राई प्रथम, विनिता राई द्वितीय, शिखा घिमिरे तृतीय र सिमरन घिमिरे सान्त्वना स्थान ल्याएका थिए ।

उक्त प्रतियोगिताको भेट्रान पुरुष तर्फ अभिनारायण अधिकारी पहिलो, विजयकुमार राई दोस्रो, लक्ष्मण अधिकारी दोस्रो, नवराज कार्की तेस्रो र मंगलसिह तामाङ सान्त्वना भएका थिए । त्यसै गरी, भेट्रान महिला तर्फ प्रथम जमुना लिम्बू र द्वितीय कुसुम लिम्बू भएका थिए ।

ओपन पुरुष तर्फ प्रथम करण रावल, द्वितीय रमेश लिम्बू, तृतीय धनु मथन्धर र सान्त्वना स्थानमा सरोज सिंह र ओशन राई भएका थिए । ओपन महिला तर्फ इन्द्रकला नेम्बाङ पहिलो, पुष्पा सेर्मा लिम्बु दोस्रो, सुनकला राई तेस्रो र जुबिन राई तथा रजनी श्रेष्ठ सान्त्वना भएका थिए ।

प्रथम हुनेहरूलाई जनही १५ हजार, द्वितीय हुनेहरूलाई जनही १० हजार, तृतीय हुनेहरूलाई जनही ७ हजार र सान्त्वना स्थान ल्याउनेलाई जनही १ हजार ५ सय नगद पुरस्कार, पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो । खेल सञ्चालन गर्न ८ लाख ३२ हजार रुपैयाँ खर्च भएको फेस नेपाल शिवसताक्षीका सल्लाहकार दुर्गा नेम्बाङले जानकारी दिए ।

शिवसताक्षी नगरपालिकाका प्रमुख रोशन थोप्राको प्रमुख आतिथ्य, नेपाली सेना अरिदमन गण चारआलीका प्रमुख प्राजु बस्नेत र जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख गणेश पौडेलको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा सम्मानित तर्फबाट सल्लाहकार दुर्गा नेम्बाङले मन्तव्य राखेका थिए ।

कविराज चाम्लिङ राईको सभापतित्वमा भएको कार्यक्रममा उदय प्रकाश राईले शुभकामना मन्तव्य राखेका थिए । सल्लाहकार सेलिङ केसीको स्वागत मन्तव्य रहेको कार्यक्रम सुस्मिता राईले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here