दशनामी बिर्तामोडद्धारा दुई जना बिरामी बन्धुलाई आर्थिक सहयोग

0
33

बिर्तामोड ।

नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले दुई जना बिरामीलाई आर्थिक सहयोग गरेको छ ।

समाजले आज (आइतवार) दुवै मृर्गौला खराव भएर उपचाररत र अर्का प्यालाइसिस रोगी दशनामी बन्धुलाई सहगोग गरेको हो ।

समाजको नगर समितिले गत तिहारमा आयोजना गरेको देउसीभैलो अर्थात आर्थिक संकलन कार्यक्रमबाट संकलित रकमबाट उनीहरुलाई आर्थिक सहयोग गरेको छ ।

मृर्गौला रोगी भक्तबहादुर भारतीलाई बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा पुगेर ११ हजार एक सय र प्यारालाइसिस रोगी राजन गिरीको घरमै पुगेर ५ हजार एक सय रुपैयाँ नगर समितिले आर्थिक सहयोग गरेको छ ।

झापाको मेचीनगर–४ बाहुण्डाँगी घर भई दुवै मृर्गौला खराव भएर आफुसँग भएको सवै जायजेथा सकेर बिर्तामोडको एक घरमा भाडामा बसेर बीएण्डसी अस्पतालमा उपचारत भारतीको अचानक स्वास्थ्यमा समस्या भएर अस्पतालमा उपचार गराउँदै आएका उनलाई नगर समितिले अस्पतालमै पुगेर आर्थिक सहयोग गरेको छ ।

यसैगरी गत दशैंदेखि हिड्दा हिड्दै लडेका बिर्तामोड–२ बेलडाँगीका ४६ बर्षिय राजन गिरी अहिले प्यारालाइइसिस भएर आर्थिक अभावका कारण सामान्य उपचारपछि घरमै रहँदै आएका छन् । शुरुमा भद्रपुरस्थित ऊँ साई पाथिभरा हस्पिटलमा उपचार गराएका उनको बिराटनरस्थित नोवेल टिचिङ अस्पतालमा लादा चिकित्सकहरुले शल्यक्रिया गर्नु पर्ने बताएको पारिवारिक स्रोतले जनाएको छ ।

राजनलाई हाल घरमै थेरापी गराउँदै आएको र दिनको एक हजार रुपैयाँ थेरापी खर्च हुने गरेको श्रीमति पुनम गिरीले बताइन् । नगर समितिले आज राजनको घरमै पुगेर उनकी श्रीमती पुनमलाई आर्थिक सहयोग प्रदान गरेको हो ।

आर्थिक अवस्था कमजोर भएर उपचार गर्न समस्या झेल्दै गरेका दुवै बिरामीलाई केही राहत होस् भन्ने उदेश्यले थोरै भएपनि आर्थिक सहयोग गरेको समाजका नगर अध्यक्ष खड्गराज गिरीले जानकारी दिए ।

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा समाजका कोशी प्रदेश सह–सचिव तथा नगर सल्लाहकार उमेश भारती, नगर समितिका अध्यक्ष खड्गराज गिरी, बरिष्ठ उपाध्यक्ष खेमराज गिरी, सचिव प्रजित पुरी, सह–सचिव बिनोद गिरी (बद्री), कोषाध्यक्ष बिदुर गिरी, नगर सदस्य रणबहादुर गिरी, पुनम पुरीलगायतको उपस्थिति रहेको थियो । बिर्तामोड नगरको नयाँ नेतृत्वले बन्धुहरुलाई परेको समस्यामा साथ र सहयोगलाई निरन्तरता दिदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here