धार्मिक पर्यटनको गन्तव्य बन्दै सताक्षीधाम

0
64

झापा, 

झापाको शताक्षीधाम क्षेत्रमा रहेको गोलोक गोवर्धन गौशाला धार्मिक पर्यटनको गन्तव्य बन्दै गएको छ । पछिल्लो समय धार्मिक पर्यटनका हिसाबले आकर्षक गन्तव्य बनेको झापाको सताक्षीधाम क्षेत्रमा गोलोक गोवर्धन गौशालाले धमाधम स्थायी संरचना निर्माण गरेसंगै आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको हो ।

दाताले दिएको दानलाई सही सदुपयोग गरे करोडौं मूल्यको लागतमा स्थायी संरचना निर्माण हुँदो रहेछ भन्ने गतिलो उदाहरण झापाको एक धार्मिक संस्थाले देखाएको छ। झापाको शताक्षीधाम स्थित गोलोक गोवर्धन गौशालाले एक दशक यता करोडौँ मूल्य बराबरको स्थायी संरचना निर्माण गरेको छ। पछिल्लो समय धार्मिक पर्यटनका हिसाबले आकर्षक गन्तव्य बनेको झापाको शताक्षीधाम क्षेत्रमा गोलोक गोवर्धन गौशालाले धमाधम स्थायी संरचना निर्माण गरिरहेको छ ।

धार्मिक स्थलमा साधुसन्तको स्थायी आगमन भएपछि धार्मिक क्षेत्रलाई चाहिने आवश्यक पूर्वाधारहरू निर्माण भइरहेको स्थानीयले बताए । स्थानीयवासी भन्छन्, ’ सन्तको आवागमन भएपछि शताक्षी धामले रूप परिवर्तन गरेको हो।’

१० वर्षअघि मात्र स्थापना भएको गौसलाले धार्मिक पर्यटनमा नेपाल सरकारलाई ठूलो टेवा पुर्‍याइरहेको छ । गौशालाका अध्यक्ष आचार्य श्री नन्दकिशोरजी महाराज का अनुसार शताक्षीधाम क्षेत्रमा गौशालाले करिब ३० वटा स्थायी संरचनाहरू निर्माण गरिसकेको छ। ‘यी सबै संरचना सर्वसाधारणले दिएको दानबाट निर्माण भएको हो,’ उनले भने ।

१० वर्षको अवधिमा गौशालाले करिब १० करोड को लागतमा भवनहरू निर्माण गरेको छ। त्यसमा केही मठ मन्दिर पनि निर्माण भएका छन्। गौशालाका अनुसार नेपालमा पहिलोपटक द्वादश ज्योतिर्लिङ्ग सताक्षी धाममा निर्माण भएको छ। यो मन्दिर निर्माणका लागि गौशालाले २९ लाख खर्च गरेको छ। यही शिवालयका कारण पछिल्लोपटक शताक्षीधाम आउनेको सङ्ख्या बढेको बढै छ ।

गौशाला परिसरमा यज्ञशाला, श्रीराम अन्न क्षेत्र गौमन्दिर, बहुत चिकित्सालय रङ्गदेवी गौ सेवा सदन राम मन्दिर गौ सेवा सदन राधाकृष्ण सदन लगायतका भवन निर्माण भएको छ ।

यस्तै धर्म दर्शन सदन नन्दी ताल श्री शताक्षी संस्कृत गुरुकुलम तुलसी बाटिका किरातेश्वर शिवको मन्दिर सन्त निवास तीन तलाको गौशाला श्रीराम भोजनालय लगायतका संरचना निर्माण भएका छन्।

यी संरचना संरक्षणका लागि शताक्षी नदीको तटीय क्षेत्रमा गौशालाले तटबन्द समेत गरेको छौ । निर्माण भएका संरचनामध्ये श्री शताक्षी संस्कृत गुरुकुलमका लागि मात्र गौशालाले एक करोड १५ लाख रुपैयाँको लागतमा भवन निर्माण गरेको छ। यो भवन तीन तलाको छ।

पपछिपटक गौशालाल ले सुविधा सम्पन्न तीन तलाको अन्नपूर्ण भवन निर्माण भएको छ। करिब डेढ करोड लागतमा यो भवन निर्माण भएको हो। भवनको पहिलो तलामा भोजन कक्ष निर्माण भएको छ । यो कक्षमा एकैपटक ४०० जनाले भोजन गर्न सक्नेछन्।

यस्तै दोस्रो तलामा सत्संग कक्ष निर्माण भएको छ । यो कक्षमा पाँच सय तिर्थालु भक्तजनले सक्षम तथा धार्मिक सभा समारोह आयोजना गर्न सक्नेछन् । यो कक्षमा विभिन्न धार्मिक अनुष्ठानहरू समेत गर्न सकिने गोलोक गोवर्धन गौशालाले जनाएको छ। गोलोक गोवर्धन गौशालाले १० वर्ष यता शताक्षीधाम क्षेत्रमा १ अर्ब माथिका स्थायी संरचनाहरू निर्माण गरिसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here