बिर्तामोडमा अलैंचीसहितको मसला उद्योग सञ्चालनमा

0
19

बिर्तामोड ।

नेपालको अलंैची उद्योगलाई रुपान्तरण गर्दै नयाँ निर्यात अवसरहरु सिर्जना गर्ने उद्देश्यले झापाको बिर्तामोडमा नेपाल एभरेष्ट कार्डमम प्रोडक्सन एण्ड प्रोसेसिङ प्रालि उद्योग सञ्चालनमा आएको छ ।

झापाका ब्यवसायी ओमकृष्ण बिमली, पार्वता खरेल बिमलीले करिव १५ करोड रुपैयाँको लगानीमा सो उद्योग सञ्चालनमा ल्याएका हुन् । सोमबार उद्योगको उद्घाटन कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामले गरेका छन् ।

नयाँ प्रशोधन केन्द्रको सञ्चालनले नेपालको मसला उद्योगलाई रुपान्तरण गर्ने सञ्चालक बिमलीले बताए । उनले उच्च गुणस्तरीय हिमाली अलैंची तथा मसला अन्तर्राष्ट्रिय बजारमा पु¥याउन उद्योगले नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे । उनका अनुसार उद्योगमा १५ करोड लगानी रहेको छ ।

उक्त प्रशोधन केन्द्रले रोजगारीको बृद्धि गर्दै अन्तरािष्ट्रय बजारमा नयाँ उत्पादनहरुको प्रवद्र्धनका लागि रणनीतिक अभियान शुरु गर्न सक्षम हुने अध्यक्ष बिमलीले विश्वास ब्यक्त गरे । युएसएआइडीको ट्रेड एण्ड कम्पेटिटिभनेस प्रोग्रामको सहयोगमा एनइसीले अत्याधुनिक प्रशोधन मेशिनरी प्राप्त गरेको बताइएको छ ।

साथै एभरेष्टशान ब्राण्ड अन्तरगत ३० वटा नयाँ मूल्यवर्धित उत्पादनहरु बजारमा ल्याउने तयारी गरिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रज्ज्वल बिमलीले जानकारी दिए । उन्नत प्रशोधन क्षमता र लक्षित बजार अभियानसँगै नेपालको अलैंची क्षेत्रले अन्तर्राष्ट्रिय स्तरमा बृद्धि र पहिचान प्राप्त गर्ने कम्पनीको विश्वास छ ।

सो उद्योगबाट उत्पादित सामानहरुमा ८० प्रतिशत स्थानीय कच्चा पदार्थको प्रयोग हुने र २० प्रतिशत मात्र विदेशी कच्चा पदार्थको प्रयोग गरिने सञ्चालक पार्वता खरेल बिमलीले बताइन् । उनका अनुसार सञ्चालनमा आएको उक्त केन्द्रले कालो अलंैचीको प्रशोधन गरी आवश्यक तेल, माउथ फ्रेशनर र बिभिन्न मसलाहरु उत्पादन गर्नेछ ।

उद्योगका अध्यक्ष बिमलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मन्त्री हाङ्गाम, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाई, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य उमेश डालमिया, ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका महानिर्देशक डा. शरदबिक्रम राणा, युएसएआइडीको ट्रेड एण्ड कम्पेटिटिभनेस प्रोग्रामका प्रतिनिधि जेसन सुकलगायतले आ–आफ्नो भनाइ राख्दै शुभकामना मन्तव्य राखेका थिए ।

पार्वता खरेल बिमलीले स्वागत गरेको कार्यक्रममा धन्यवाद कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रज्ज्वल बिमली र सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here