लागूऔषधको दुरुपयोग र कारोबारले विश्वव्यापी रुपमै वर्णन गर्नै नसक्ने समस्या ल्याएको छ । यसकै कारण उत्पन्न अपराध र त्यसको पीडाले विश्व समाज आक्रान्त छ । यसको प्रयोग तथा कारोबारका कारण व्यक्तिको स्वास्थ्य, परिवार, समाज र राष्ट्रकै भविष्यमा कुठाराघात भएको छ । लागूऔषधको दुरुपयोगबाट हुने परिणामले व्यक्तिसँगै सिङ्गो विश्वलाई खतरा उत्पन्न भएको छ । कतै न कतै औषधिका रुपमा उत्पादन गरिएको वस्तुको दुरुपयोगले ल्याएको समस्याले दिने परिणाम भनेकै प्रयोगकर्ताको स्वास्थ्यजन्य जटिलता हो । यसले शारीरिक तथा मानसिक दुर्वलता ल्याउँछ, मष्तिस्क, मुटु र फोक्सो जस्ता संवेदनशील अङ्गमा क्षति पु¥याउँछ । यस्ता वस्तुको प्रयोग आत्मघाती हुने हुँदा यो आफैबिरुद्धको अपराध हो ।
लागूऔषधको दुव्र्यसन तथा ओसारपसार हाम्रा निम्ति ठूलो चुनौतीको विषय बनिएको छ । यसले सृजना गरेका अमानवीय घटना र सामाजिक अपराधहरु प्रहरी प्रशासनका लागि टाउको दुखाइको विषय बनिएको छ । अझ देशको राजनीतिक अवस्थाका कारण नेपाल लागूऔषधको ‘ट्रान्जिट पोइन्ट’ बन्दै गएकाले यसको नियन्त्रण कठिन बन्दै गएको छ । लागूऔषधको दुरुपयोगबाट प्रभावित काठमाडौं उपत्यकासँगै मोरङ, सुनसरी, झापा, कास्की, धादिङ, म्याग्दी, पर्वत, रुपन्देही, चितवन, बाँके, पर्सा, मकवानपुर जिल्लाका शहरी तथा सीमा क्षेत्रहरुमा धेरै छन् । उत्तेजक, पीडा नाशक, औषधीका रुपमा प्रयोग गरिने यस्ता वस्तुको दुरुपयोगले सृजना हुने सामाजिक अपराध न्यूनीकरण गर्न प्रहरी वा कुनै स्वयम्सेवी संस्थाको अग्रसरताले मात्र सकिँदैन ।
कानूनकै जानकार मन्त्री अधिकारी एमालेबाट निर्वाचित प्रदेश सांसद हुन् । अहिले एमाले नेतृत्वकै संघ सरकार छ र प्रदेशमा पनि एमाले कै नेतृत्व छ । यहीबेला अधिकारी मानव तस्करीको गम्भीर प्रकरणमा तानिएका छन् । यसले उनको उनी सम्बद्ध दल र राष्ट्रकै छविमाथि प्रश्न उब्जाएको छ । प्रदेशको मन्त्रीको जिम्मेवारीमा रहेको व्यक्ति गलत व्यक्तिको संगतमा देखिनु चिन्ताको मात्र होइन लज्जाको विषय पनि हो । जापानमा हुने एक कार्यक्रमको प्रमुख अतिथिका रुपमा सहभागी हुन उनी यही कात्तिक १३ गते उडेका थिए । हाम्रो प्रदेश मन्त्रीलाई त्यहाँको अध्यागमनले विमान स्थल मै दुई दिन राखेर केरकार गर्दै अवाञ्छित व्यक्ति भनेर फिर्ता पठाउनुले प्रदेश मात्र होइन देश र समग्र जातिकै अपमान बेइज्जत हो ।
हुन त नेपाली राजनीतिमा सुख, सम्पत्ति, ऐश्वर्य र स्वार्थका लागि मूल्य–मान्यता, नैतिकता, आदर्श र मर्यादाको हेक्का हुन छाडेको छ । पदमा पुगेका बेला जेसुकै गर्न अग्रसर हाम्रा नेतागणकै कारण पटक–पटक नेपालीको मानमर्दन भइरहेकै छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने प्रकरणका मुख्य दोषी नै सत्ताको केन्द्रमा रहेको भनेर आलोचना भइरहेकै छ । यसबाहेक भ्रष्टाचार र अख्तियार दुरुपयोगका थुप्रै प्रकरणमा तिनै देशका अगुवाहरुको संलग्नता देखिएकै छ । यसले आफ्नो स्वार्थ पूरा गर्न जस्तोसुकै बेइमानी गर्ने अपराध हुर्काउन सहयोग पु¥याएको छ । त्यसैले देश र जातिको गौरव र पुर्खाको योगदानको अवमूल्यन गर्ने जोकोही दण्डको भागिदार हुनुपर्छ ।