अर्जुनधारा जेसीजको निःशुल्क आँखा शिविरमा पाँच सय ३१ जनाले सेवा लिए

0
1

अर्जुनधारा ।

जेसीज सप्ताह–२०२४ अन्र्तगत अर्जुनधारा जेसीज शनिश्चरेको आयोजनामा बुधबार अर्जुनधारा–४का दुई वटा सामुदायिक विद्यालयमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

अर्जुनधारा–४ नं. वडा कार्यालयको आर्थिक सहयोग र बिर्तामोड–३ सैनिकमोडस्थित मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित उक्त शिविरको प्रमुख अतिथि वडाध्यक्ष अम्बरबहादुर कटुवालले उद्घाटन गरेका थिए ।

अर्जुनधारा–४ भाङबारीस्थित अर्जुनधारा माध्यमिक विद्यालयमा जेसीजका अध्यक्ष वसन्त बुढाथोकीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकदेव खनाल, अर्जुनधारा प्रेस क्लबका सल्लाहकार दिपीन राईलगायतले मन्तव्य राखेका थिए ।

शिविरमा अस्पतालका दृष्टी विशेषज्ञ अजय राय, नेत्र सहायक अदिती फागो, परामर्शदाता उमा राजवंशीसहित सात जनाले सहभागीहरुको आँखा परीक्षण, औषधी तथा चस्मा वितरणलगायतका कार्य गरेका थिए ।

अर्जुनधारा माविमा दुई सय १४ जना र नवदुर्गा आधारभूत विद्यालयमा तीन सय १७ जना गरि जम्मा पाँच सय ३१ जनाको आँखा परीक्षण गरिएको अध्यक्ष बुढाथोकीले जानकारी दिए । त्यसैगरी अर्जुनधारा माविमा आठ जना र नवदुर्गा आविमा छ जनालाई चस्मा वितरण गरिएको बताइएको छ ।

जेसीजका कोषाध्यक्ष एवम् शिविर कार्यक्रमका संयोजक बिमला भट्टराईको संयोजकत्वमा आयोजित उद्घाटन कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष एवम् सप्ताह कार्यक्रम मूल संयोजक भवानी बरालले स्वागत गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन सचिव गौरव भण्डारीले गरेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here