मंसीर ८ गतेदेखि पथरी जेसीज सप्ताह

0
32

पथरीशनिश्चरे ।

पथरी जेसीजले आगामी मंसीर ८ गतेदेखि एक हप्तासम्म विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै जेसीज सप्ताह भब्यताका साथ मनाउने भएको छ।
आज पथरी जेसीजको सचिवालयमा सम्पन्न भएको चौथौं बोर्ड बैठकले त्यस्तो निर्णय गरेको हो।

वर्ष २०२४ का अध्यक्ष तथा जेसी आई सिनेटर राजकुमार विश्वकर्माको अध्यक्षतामा बसेको बैठकबाट पथरी जेसीजको आफ्नो ११ औं स्थापना दिवसको अवसर पारेर यही मंसीर ८ गतेदेखि १६ गतेसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै जेसीज सप्ताह भब्यताका साथ मनाउने निर्णय गरिएको छ।

यसै गरी, पथरी जेसीजले मंसीर १६ गतेका दिन आफ्नो स्थापना दिवसमा जेसीज सप्ताह भब्यताका साथ समापन गर्ने निर्णय समेत गरेकोछ। उक्त जेसीज सप्ताह सम्पन्न गर्नका लागि जेसी नगेन्द्रबहादुर घिमिरेको संयोजकत्वमा विभिन्न उपसमितिहरू गठन गरिएका छन्।

सोहि बैठकले जेसीज सप्ताहको पहिलो दिन पथरी शनिश्चरे वडा नं ६ को मुसहरघट्टामा बसोबास गर्दै आएका स्थानीय ऋषिदेव बस्तीमा सोहि वडाका वडाध्यक्षको समन्वय गरी ५ वर्ष सम्म कार्यक्रम संचालन गर्ने उद्देश्यले जेसीज गाउँ अभियान घोषणा गर्ने निर्णय गरेको छ।

यसैगरी, मङ्सीर १० गते सोमबार वडा नं १० को वडा कार्यालयसंगको सहकार्यमा डांस मोरङ्गी खोलामा रहेको समाधी (मलामी) घाटमा सरसफाई गरिने भएको छ।

त्यस्तै, विभिन्न सामुदायिक विद्यालयहरूका छात्र छात्राहरुलाई एक दिवसीय सेनेटरी प्याड बनाउने तालिम संचालन गरिने छ भने मंसीर १५ गते हरियाली सामुदायिक वनको सवालमा भव्यताका साथ पथरी जेसीजले आफ्नो ११ औँ वार्षिक स्थापना दिवस मनाउने पथरी जेसीजका अध्यक्ष राजकुमार विश्वकर्माले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here