एनएमसी सैनिकबजारको उपएकाइगत साधरणसभा

0
26

बिर्तामोड । 

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड(एनएमसी) ले ३२ अौं साधरणसभा अन्तरगत सैनिकबजार उपएकाइगत साधरणसभा सम्पन्न गरेको छ।

सैनिकबजार सेवाकेन्द्रगत उपसमिति संयोजक टीकाराम दंगालको अध्यक्षता तथा बिर्तामोड -१० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपसमिति सदस्य रत्नबहादुर बस्नेतले स्वागत गरेका थिए।

कार्यक्रममा सञ्चालक समितिको तर्फबाट सञ्चालक समितिका सहसचिव अम्बिकाप्रसाद ढकालले प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखापरीक्षण समितिको प्रतिवेदन आन्तरिक लेखा परीक्षण विभाग प्रमुख बसन्त राईले प्रस्तुत गरेका थिए।

प्रतिवेदन अनुसार संस्थाको चुक्ता शेयर पुँजी १अरब ४७करोड ३६हजार, निक्षेप मौज्दात १० अरब ६० करोड ५६ लाख, कर्जा लगानी ११अरब ५२ करोड ३८लाख रहेको छ।

हाल १ लाख ८३ हजार बढी शेयर सदस्य रहेको संस्थाले यस वर्ष २५ करोड ४२ लाख१५ हजार नाफा गर्न सफल भएको छ। ५ वटा व्यवसाय सञ्चालन गर्दै आएको कोशी प्रदेशकै उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत एनएमसीको जम्मा सम्पत्ति १४ अरब ४३ करोड ७९ लाख रहेको उल्लेख छ।

साधरणसभाले आगामी मंसिर १५ गते बिर्तामोडमा सम्पन्न हुने अन्तिम माइन्युट प्रमाणिकरण सभाका लागि प्रतिनिधि समेत छनौट गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष गुरुङ, वडा सदस्य पृथ्वी बस्नेत, सामाजिक व्यक्तित्व प्रेमबहादुर पौडेल, ओमबहादुर गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए।

सैनिबजार सेवाकेन्द्र अन्तरगत भौगोलिक एकाइ उपसमितिलाई सम्मान गरिएको कार्यक्रममा वडा सदस्य धनमाया श्रेष्ठ, दीपिका सिवा, विशाल कृषि सहकारी संस्थाका अध्यक्ष सन्तोषकुमार राई, सिद्धार्थ शिशुसदन अंग्रेजी विद्यालयका प्रधानाध्यापक धर्मराज माझी, संस्थाको बिर्ताअर्जुन क्षेत्रीय समन्वय उपसमिति सदस्य शिक्षासेवी मनु मुखिया, खेलकूद उपसमिति सदस्य गंगाप्रसाद मैनाली, शिक्षासेवी भोलानाथ पौड्याललगायतको आतिथ्य रहेको थियो। कार्यक्रमको सञ्चालन सेवाकेन्द्र प्रमुख सन्तोष ढुंगानाले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here