धुलाबारीमा एनएमसीको उपएकाइगत साधरणसभा

0
80

धुलाबारी।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड(एनएमसी) ले ३२ अौं साधरणसभा अन्तरगत धुलाबारी उपएकाइगत साधरणसभा सम्पन्न गरेको छ।

धुलाबारी सेवाकेन्द्रगत उपसमिति संयोजक टीकाराम पौडेलको अध्यक्षता तथा सहकारी अभियान्ता हरिचरण बानियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपसमिति सदस्य मञ्जु बस्नेतले स्वागत गरेकी थिइन्।

कार्यक्रममा सञ्चालक समितिको तर्फबाट सञ्चालक समितिका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखापरीक्षण समितिको प्रतिवेदन एग्रो फर्म परियोजना प्रमुख भूपाल गौतमले प्रस्तुत गरेका थिए।

प्रतिवेदन अनुसार संस्थाको चुक्ता शेयर पुँजी १अरब ४७करोड ३६हजार, निक्षेप हिसाब १० अरब ६० करोड ५६ लाख, कर्जा लगानी ११अरब ५२ करोड ३८लाख रहेको छ।

हाल १ लाख ८३ हजार बढी शेयर सदस्य रहेको संस्थाले यस वर्ष २५ करोड ४२ लाख१५ हजार नाफा गर्न सफल भएको छ। ५ वटा व्यवसाय सञ्चालन गर्दै आएको कोशी प्रदेशकै उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत एनएमसीको जम्मा सम्पत्ति १४ अरब ४३ करोड ७९ लाख रहेको उल्लेख छ।

साधरणसभाले आगामी मंसिर १५ गते बिर्तामोडमा सम्पन्न हुने अन्तिम माइन्युट प्रमाणिकरण सभाका लागि प्रतिनिधि समेत छनौट गरेको छ। कार्यक्रममा प्रमुख अतिथि सहकारी अभियान्ता बानिया लगायतले शुभकामना मन्तव्य राखेका थिए। मेचीनगर-१०स्थित राधास्वामी हलमा सम्पन्न कार्यक्रममा उत्कृष्ट ३नं.भौगोलिक एकाइ उपसमिति पदाधिकारीलाई सम्मान गरिएको थियो।

कार्यक्रममा एग्रो फर्म उपसमिति सदस्य पदमलाल गौतम,महिला सशक्तीकरण उपसमिति सदस्य सकुन्तला अधिकारीलगायतको आतिथ्य रहेको थियो। कार्यक्रमको सञ्चालन सेवाकेन्द्र प्रमुख विशाल ढुंगानाले गरेका थिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here