बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष न्यौपानेलाई मातृ शोक

0
25

बिर्तामोड ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई मातृ शोक परेको छ ।

गत कात्तिक २७ गते हरिबोधनी एकादशीका दिन एकादशीको पूजा गर्दा दियोको आगो सल्किएर आमा ८५ वर्षीया पुष्पलता न्यौपाने घाइते भएकी थिइन् । उनको उपचारका क्रममा निधन भएको बताइएको छ । ।

भारतको सिलिगुडीमा उपचारका क्रममा न्यौपानेकी आमाको निधन भएको बताइएको छ । पूजा गर्ने क्रममा दियोको आगो उनको कपडामा सल्किएको थियो । उनलाई उपचारका लागि तत्काल बिर्तासिटी अस्पताल बिर्तामोडमा भर्ना गरिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि भारतको सिलिगुडी लगिएको थियो । स्वास्थ्य अबस्था जटिलबनेपछि उनलाई भेन्टिलेटरमा राखिएको र उपचारकै क्रममा गयराती निधन भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here