विष्णु आचार्य– समाजसेवाको उज्ज्वल नाम

0
331

नेपाली भाषा–साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाले सुखको परिभाषा दिँदै भन्छन्– ‘खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ? आफू मिटाई अरुलाई दिनु जहाँ छ ?’ म खाउँ मै लाउँ, अरु सबै मरून् दुर्बलहरू भन्ने भावनाले वास्तविक आनन्द प्राप्त हुँदैन । परोपकारमा वास्तविक पुण्य छ । धर्म भनेकै मानवताको सेवामा निहीत छ ।

नेपालमा लामो समयदेखि समाजसेवाको क्रम अबिरल गङ्गा नदीझैं बहिरहेको छ । हो, समाजसेवाको यो महान् बाटोमा झापाका एक युवा समर्पित भावका साथ अग्रसर छन् । नेपालको समाजसेवाको कठिन मार्गमा विष्णु आचार्य एक यात्रीको रूपमा अविराम लागेका छन् । उनी आफ्नो जीवन समाज परिवर्तन र गरीब तथा पीडितको अधिकारका लागि लड्न समर्पित छन् । आचार्यले प्रारम्भिक दिनदेखि नै तल्लो तहका समाजेसवाका विविध कार्यक्रमहरूका आयोजकको रूपमा प्रभावशाली भूमिका निर्वाह गरेका छन् ।

उनको सरसफाई अभियानले सक्रियताको परिवर्तनकारी शक्तिको उदाहरण दिन्छ । सामाजिक सक्रियताको क्षेत्रमा समर्पित उनी आफ्नो जीवन दुई अन्तरसम्बन्धित कुरामा समर्पित भएको मान्छन्ः सरसफाईको प्रवद्र्धन र रक्तदानका लागि प्रेरणा दिने कार्य । समाजसेवाप्रतिको आफ्नो अटल प्रतिबद्धता र अथक प्रयासहरूद्वारा आचार्य दुःखी मानिसको जीवन बचाउन आफूलाई समर्पित गर्दै करुणा र सेवाको संस्कृतिलाई प्रेरित गर्दै समुदायलाई रूपान्तरण गर्ने मिसनमा लागिरहेका छन् । मिसन अर्थात भविष्यको महान् लक्ष्य समाजसेवा नै हो । सार्वजनिक स्वास्थ्य अभिवृद्धिमा उनको योगदान स्तुत्य छ । उनी अब क्रमशः अन्य व्यक्तिहरूमा दिगो प्रभाव छोड्ने व्यक्तित्वको रूपमा स्थापित हुँदै गएका छन् । अर्जुनधारा–६ झापामा स्थायी बसोबास गर्ने विष्णु आचार्य पिता टङ्कप्रसाद आचार्य र माता हेममाया आचार्यका छोरा हुन् । उनी सानैदेखि सामाजिक कार्यमा सँधै अगाडि हुने गर्थे ।

विश्व सरसफाई दिवस–२०१८मा सहभागी हुने अवसर पाएका आचार्यले सन् २०१९मा क्षेत्र १ र २को नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए र अहिले २०२०/२१/२२/२३ मा नेपालको प्रतिनिधित्व गर्दै विभिन्न संघ–संस्थालाई देश र स्वच्छ विश्व सरसफाई अभियान सञ्चालन गर्ने अभियानमा उनी सरिक भएका छन् । वि.सं. २०७५मा वाग्मती सरसफाईको ३०० औँ हप्तामा राष्ट्रिय सरसफाई अभियानबाट समेत सम्मानित भएका थिए उनी । २०७६ मा उनले बिर्तामोडस्थित देवभूमि विद्यापीठ विद्यालयबाट उत्कृष्ट सामाजिक कार्यको अवार्ड पाएका थिए । २०७७ मा उनले नगदसहित सम्मानित हुने अवसर पनि पाए । बिर्तामोड उद्योग वाणिज्य सङ्घबाट ११ हजार नगद र प्रशंसापत्र प्राप्त गरेका थिए उनले ।

भ्रमण वर्षलाई सफल बनाउने लक्ष्यका साथ मेची–महाकाली सरसफाई अभियानको नेतृत्वदायी भूमिकामा रहेका विष्णु अहिले पनि नेपालका विभिन्न स्थानमा सरसफाई अभियान सञ्चालनमा सक्रिय छन् । अर्जुनधाराले झापाको बिर्तामोडबाहेक विगत ५ वर्षदेखि सरसफाई अभियान सञ्चालन गर्दै आएको छ भने सामुदायिक विद्यालयमा पनि सरसफाई सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । कोरोना सङ्क्रमणको समयमा पनि कोरोना सङ्क्रमितको उद्धार र खाद्यान्न व्यवस्थापनमा निकै सक्रिय रहेका आचार्य अहिले पनि समाजसेवाको काममा अगाडि बढिरहेका छन् ।

उनी झापाली नागरिकका सामु एक सामाजिक योद्धाका रूपमा परिचित बनेका छन् । रक्तदान गर्ने, सडकबाट मानिसहरूलाई उद्धार गर्ने र अपाङ्गता भएकाहरूलाई खाना उपलब्ध गराउने जस्ता मानवसेवाका काम गरिरहेका छन् । २०७२ सालको पहिलो र दोस्रोपटक भूकम्प पीडितका लागि ४० वटा आश्रयस्थल निर्माणमा पनि विष्णुले नेतृत्व लिएका थिए । सानैदेखि उनको जनस्वास्थ्यमा सुधार गर्ने गहिरो इच्छा थियो, सरसफाई र रक्तदानलाई सामुदायिक स्वास्थ्यको आधारभूत स्तम्भको रूपमा मान्यता दिँदै र समाजका सदस्यहरू, जनप्रतिनिधिदेखि सर्वसाधारणलाई संलग्न हुन प्रेरित गर्दै आएका छन् उनी । यो क्षेत्रमा उनी पूरा जोस र जाँगरका साथ लागेका छन् । आकस्मिक बिरामीहरूलाई दैनिक रूपमा रगत उपलब्ध गराउने, आपत्कालीन बिरामीहरूको उद्धारमा नियमित रक्तदाता, र पारिवारिक अनुसन्धान र पारिवारिक पुनर्मिलनमार्फत भारतमा बेचिएका बालबालिकाहरूलाई पुनर्मिलन गराउन उनले महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

मानव हितका कार्यमा उनको सक्रिय भूमिका छ । उनी मेची–महाकाली सरसफाई अभियानका अभियन्ता, सडकवासी सहयोगापेक्षीको उद्धारकर्ता, असहायको सहयोगी र अपाङ्गता भएका बिरामीका लागि स्रोतसाधन जुटाएर सित्तैमा ह्वीलचेयर दिने आयोजक हुन् । यसरी विष्णु आचार्यको काम जनस्वास्थ्य र सामाजिक कल्याणको प्रवद्र्धनमा केन्द्रित छन् । उनका कदमले समाजमा परिवर्तनकारी शक्तिको काम गर्छ । सरसफाइ र रक्तदानको लागि उनको समर्पणले मानिसहरूलाई सामाजिक स्वच्छतालाई प्राथमिकता दिन र रक्तदानको जीवन बचाउने कार्यलाई अँगाल्न प्रेरित गरिरहेको छ । उनको सामाजिक गतिविधिले हामी मध्ये कसैले बिर्सन नसक्ने छाप छोडेको छ । आज हाम्रो समाजमा सयौं यस्ता विष्णुको आवश्यकता छ ।

नेपालको सामाजिक आन्दोलनका योद्धा विष्णु आचार्यले आफ्नो जीवन समाज परिवर्तन र गरिब तथा पीडितको अधिकारका लागि लड्न समर्पित गरेका छन् । आचार्यको प्रारम्भिक दिनदेखि समाजमा उनको प्रभावशाली भूमिका र सरसफाई अभियानले सक्रियताको परिवर्तनकारी शक्तिको उदाहरण दिन्छ, सामाजिक सक्रियताको क्षेत्रमा एक नाम, आफ्नो जीवन दुई अन्तरसम्बन्धित कारणहरूमा समर्पित छः सरसफाईको प्रवद्र्धन र रगतदानको वकालत गर्ने । कोरोना सङ्क्रमणको समयमा पनि कोरोना सङ्क्रमितको उद्धार र खाद्यान्न व्यवस्थापनमा सक्रिय रहेका आचार्य अहिले रक्तदानमा सहजीकरण, सडकमा परेका मानिसको उद्धार, अपाङ्गता भएका व्यक्तिलाई खाद्यान्न उपलब्ध गराउने काममा अगाडि बढिरहेका छन् ।

विश्व सरसफाई दिवसको अवसर पारेर जापानको ओसाकामा एशियाका सरसफाइ अगुवाहरूका लागि पाँच दिने लिडर्स एकाडेमी सम्पन्न भएको छ । ‘वल्र्ड क्लीनअप डे लिडर्स एकाडेमी एशिया’ नाम दिइएको अन्तर्राष्ट्रिय कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै कन्ट्री लिडर विष्णु सहभागी भएका छन् । बिर्तामोडमा व्यवसाय गर्दै सरसफाई अभियानमा लामो समयदेखि योगदान गर्दै आएका आचार्यले सरसफाई लिडर्स एकाडेमीमा नेपालको तर्फबाट प्रस्तुति समेत राखेका थिए । कार्यक्रममा फोहोरमैला व्यवस्थापन, चुनौति समाधानका उपायहरूका बिषयमा छलफल गरिएको थिए । भूकम्प पीडितका लागि जाजरकोटमा ४० वटा टहरा निर्माण र सप्तरीमा आगलागी भएको ठाउँमा आवास निर्माणका काममा पनि उनले योगदान गरेका थिए ।

२०८१ सालको वैशाखमा सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीमा भएको भीषण आगलागीले गाउँ नै स्वाहा भयो । स्थानीय शत्रुधन यादवको घरबाट शुरु भएको आगलागीले उनकोसहित एक सय १० परिवारको घर, खाद्यान्न, लत्ताकपडा, पशुचौपायालगायत सबै सामग्री नष्ट पा¥यो । तीव्र गतिमा हावा चलेको बेला भएको भीषण आगलागीले यादव, मुसहर र मुस्लिम समुदायको बसोबास रहेको चिम्टिका बासिन्दालाई मर्नु न बाँच्नुको अवस्थामा पुर्यायो । आफ्नो भएको सबै सम्पत्ति जलेर नष्ट भएपछि उनीहरु खेतमा पाल टाँगेर बस्न विवश भएका थिए । उनीहरु कसैले राहत पो दिन्छ कि भनेर टोलाएर बस्न वाध्यभएका थिए । चिम्टीका आगलागी पीडितको जलेको घाउमा मल्हमपट्टि गर्न झापा बिर्तामोडका उनै विष्णु आचार्यले आफ्ना तीन युवा साथीहरू शरद जोशी, भीष्म घिमिरे र सौम्य शर्मा चिम्टीका आगलागी पीडितका लागि अस्थायी टहरा बनाए ।

समाजसेवी हुन सजिलो छैन । आफ्नो अटल प्रतिबद्धता र अथक प्रयासहरूद्वारा, आचार्य समुदायलाई रूपान्तरण गर्ने लक्ष्यमा लागेका छन्, मानिसको जीवन बचाउन आफूलाई समर्पित गर्दै, करुणा र सेवाको संस्कृतिलाई प्रेरित गर्दै उनी अघि बढिरहेका छन् । सार्वजनिक स्वास्थ्य सुधारमा उनको योगदान र अनगिन्ती व्यक्तिहरूमा परेको दिगो प्रभावलाई हामी सहजै अनुभूत गर्न सक्छौँ ।

प्रस्तुति–तीर्थराज खरेल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here