पथरीशनिश्चरे,
प्याब्सन पथरी शनिश्चरे नगर कार्य समितिको पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले सन्तोष बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।
शनिबार पथरी शनिश्चरे वडा नं १ भूपूसैनिक स्कुलको सभाहलमा भव्यताका साथ सम्पन्न भएको अधिवेशनको दोस्रो सत्रले आगामी ३ वर्षका लागि निवर्तमान कार्यसमितिका सचिव समेत रहनुभएका सन्तोष बस्नेतलाई अध्यक्षमा सर्वसम्मत निर्विरोध निर्वाचित गरेको हो।
समितिको सचिवमा किराँत एकेडेमीका प्रिन्सिपल सुजन बास्तोला, कोषाध्यक्ष पदमा एभरेष्ट अङ्ग्रेजी माध्यम विद्यालयका संस्थापक तथा प्रिन्सिपल रबीन कन्दङ्वा निर्वाचित हुनुभएको छ भने सदस्यमा नरबहादुर कार्की र गीता लिम्बु सर्वसम्मत निर्वाचित हुनुभएको हो।