विशाल कृषि सहकारीको सभा

0
17

रत्नबहादुर बस्नेत,
बिर्तामोड ।

बिर्तामोड -१० सैनिकबजार मुख्य कार्यालय रहेको विशाल कृषि सहकारी संस्था लिमिटेडको ११ अौं वार्षिक साधरणसभा तथा अन्तिम माइन्युट प्रमाणीकरण सभा सम्पन्न भएको छ।

संस्थाका सञ्चालक समिति अध्यक्ष सन्तोषकुमार राईको अध्यक्षता तथा बिर्तामोड -१० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष तारा कार्कीले स्वागत गरेकी थिइन।

कार्यक्रममा सञ्चालक समितिको तर्फबाट सञ्चालक समितिका अध्यक्ष राईले प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखासुपरीवेक्षण समितिको प्रतिवेदन लेखा समिति संयोजक डिल्लीराम भण्डारीले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष कमला गौतमले प्रस्तुत गरेकी थिइन्।

प्रतिवेदन अनुसार संस्थाको सेयर पुँजी १ करोड ७८ लाख३५ हजार ९०० निक्षेप मौज्दात ५ करोड ५ लाख ७६ हजार४००, कर्जा लगानी ६ करोड २८लाख ७५हजार ५९९ रहेको छ। हाल ३ हजार १५१ जना शेयर सदस्य रहेको संस्थाले यस वर्ष २२ लाख३७ हजार ६४२ नाफा गर्न सफल भएको छ।

अर्जुनधारा, हल्दिबारी र बिर्तामोड नगरपालिका कार्यक्षेत्र रहेको संस्थाले वित्तीय कारोवारसँगै कृषकहरुलाई रासायनिक मल, उन्नत बीऊबिजन तथा कृषि उपकरण सेवा उपलब्ध गराउँदै आएको उल्लेख छ। यस अघि तीन वटै क्षेत्रमा इकाइगत साधरणसभा सम्पन्न भई प्रतिनिधि छनौट गरिएको व्यवस्थापक हेमराज खनालले जानकारी दिए।

कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष गुरुङ, जिल्ला वचत तथा ऋण सहकारी संघ झापाका सदस्य कृष्णप्रसाद पोखरेल, सहारा नेपाल वचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष ज्ञानु मैनाली, सल्लाहकार तथा शिक्षासेवी मनु मुखिया, खेमराज राईलगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा उत्कृष्ट बाल वचतकर्ता परिधि कटुवाल, उत्कृष्ट वचतकर्ता ममता थेगिम लिम्बू, पवित्रा पाण्डे, उत्कृष्ट ऋणी सविनकुमार गुरुङ, मनमाया दर्जी र उत्कृष्ट कर्मचारी सरस्वती राउत बस्नेतलाई सम्मान गरिएको थियो।

कार्यक्रममा विराट आधारभूत विद्यालयका पूर्व प्रधानाध्यापक कृष्णप्रसाद बिमली,चमरधाप आधरभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष रिमानध्वज लोक्ताम, सैनिक सेवा समाजका अध्यक्ष कर्णबहादुर गुरुङ, स्थानीय न्यायिक समिति सदस्य प्रेमराज पौडेल, सल्लाकार समिति सदस्य शिक्षा सेवी भोलानाथ पौड्याल, गौरीप्रसाद घिमिरे, टेक बहादुर देवान, अस्थायी प्रहरी बीटका प्रमुख नरोत्तम कुमार थापा, कुलबहादुर शिवाकोटीलगायतको आतिथ्य रहेको थियो। कार्यक्रमको सञ्चालन सचिव पृथ्वी बस्नेतले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here